मनसुन चेकअप क्याम्पका साथमा ऐक्सचेन्ज अफर - Aarthiknews
aarthiknews.com विहीबार, ०५ भदौ २०७६   Thursday, 22 August, 2019
 

मनसुन चेकअप क्याम्पका साथमा ऐक्सचेन्ज अफर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ साउन २०७६
Sunrise bank
मनसुन चेकअप क्याम्पका साथमा ऐक्सचेन्ज अफर
LBEF
NCH-IPS

काठमाण्डौ । टाटा मोर्टसर््को नेपालका लागि आधिकारीक बिक्रिेता, सिप्रदी ट्रेडिङ्ग प्रा.लि ले  मंगलबारदेखि शुक्रबारसम्म ऐक्सचेन्ज अफर सहितको फ्रि मनसुन चेकअप क्याम्प शुभारम्भ गरेको  छ । 

काठमाण्डौको सोल्टीमोड, बालकुमारी, बागडोल र काठमाण्डौ बाहिरका इटहरी, पोखरा, नेपालंगञ्ज, बिरगंज र मेचीमा यी क्याम्पहरु शुभारम्भ भएको छ । 

सो कार्यक्रममा ग्राहकहरुले  टाटाका गाडीहरु चेकजाँच गराउन सक्नेछन् भने गाडी एक्सचेन्ज गर्न चाहानेहरुका लागि कम्पनीले गाडीको उचित मूल्याकंन र आकर्षक क्यास डिस्काउन्ट यस ऐक्सचेन्ज अफरमा पाइने समेत कम्पनीले जनाएको छ । 

सो कार्यक्रममा गाडी ऐक्सचेन्जमा विशेष सुविधा, गाडीको स्पेएर  पार्ट र लुब्रिरिकेन्टमा २० प्रतिशत सम्म छुटको व्यवस्था, मेकानिकल खर्चमा ५० प्रतिशत छुट । र व्याट्री रिप्लेसमेन्टमा १५ प्रतिशत छुट, ऐक्सचेन्ज लोयल्टी बोनस १ लाख प्रदान गर्ने जनाएको छ । 

साथै फ्रि टप वासको व्यवस्था, मनसुन ड्राभिङ्गमा सेफ्टी टिप्स् र एक जोडिले नगरकोटमा एक रात होटलमा बस्ने प्याकेज पनि प्राप्त गर्नेछन । 

मनसुनको समयलाई लक्षित गरि  आयोजना गरेको यो अफर सहितको कार्यक्रममा ग्राहकहरुको  उल्लेख्य रुपमा सहभागीता रहने विश्वास ब्यक्त गर्दे ग्राहकहरुका लागि फलदायी हुने जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस