
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज बुधबार साउन १ गते देखि निष्काशन गरिएको छ । कम्पनीले प्रतिकित्ता सय रुपैयाँ दरकाले ५ लाख ३० हजार कित्ता आईपीओ बिक्री खुल्ला गरेको हो । यसमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार २५० कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशत अर्थात २६ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी ४ लाख ९५ हजार २५० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १ हजार रुपैयाँको १० कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । अधिकतम २ हजार कित्तासम्म भर्न पाइनेछ । सबैको लघुवित्तको आईपीओ साउन ५ गते सम्म भर्न सकिनेछ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने साउन ३० गते सम्म भर्न पाइनेछ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट आवेदन दिन सक्नेछन् ।
यस कम्पनीको आईपीओको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले रहेको छ । र्आइपीओ बिक्रीपछि यसको चुक्ता पुँजी १६ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस