काठमाडौं । सवारी साधन अनुमति पत्र (लाइसेन्स)को आवेदन खुलेको दुई दिनमै बन्द भएको छ । यातायात व्यवस्था विभागका अनुसार लाइसेन्स आवेदनमा प्रणालीगत समस्याका कारण केहि दिनका लागि आवेदन बन्द गरिएको हो ।
विभागका सूचना अधिकार डा. लोकनाथ भुसालले अनलाइनबाट आवेदन दिन बनाइएको प्रणालीमा सुधारको आवश्यकता रहेकाले केहि दिनका लागि सिस्टम डाउन गरेर बनाइसकेपछि मात्र पुनः आवेदन खुलाईने बताए । उनका अनुसार विभागको अनलाइन प्रणालीमा एकै दिन धेरै जनाले आवेदनका लागि लगइन गरेका कारण प्रणाली नै डाउन भएको थियो ।