aarthiknews.com विहीबार, २३ मंसिर २०७८   Thursday, 09 December, 2021
 
Esewa_Remit
British College

नेपाल सेवा लघुवित्त र विन लघुवित्तले कात्तिक १५ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ कार्तिक २०७८
nabil bank
नेपाल सेवा लघुवित्त र विन लघुवित्तले कात्तिक १५ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने
Global IME
yamaha_MAW
LBF

काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्था र विन लघुवित्तले कात्तिक १५ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएका छन् । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले विन लघुवित्त वित्तीय संस्था लिमिटेडलाई गाभेर विन लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु गर्न लागेको हो ।

नेपाल सेवा लघुवित्त र विन लघुवित्त वित्तीय संस्थाविच गत वर्षको मंसिर ३० गते मर्जर सम्वन्धि प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर भएको थियो । दुबै संस्थाहरुले गत जेठ २४ गतेको साधारण सभाबाट मर्जरसम्बन्धी प्रस्ताव पारित गरेका थिए । यी दुई संस्थाविच १०० बराबर ७५ को शेयर आदानप्रदान गर्ने सहमति अनुसार मर्जर प्रकृया सम्पन्न हुन लागेको हो ।

एकिकृत कारोबारपश्चा बन्ने विन नेपाल लघुवित्तको अधिकृत पूँजी २० करोड र जारी तथा चुक्तापूँजी ७ करोड ७१ लाख ३७ हजार ५०० रुपैयाँ कायम हुनेछ । मर्जर प्रयोजनका लागि गत पुस १ गतेदेखि नेपाल सेवा लघुवित्तको शेयर कारोबार रोक्का रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस