aarthiknews.com विहीबार, २३ मंसिर २०७८   Thursday, 09 December, 2021
 
Esewa_Remit
British College

करिब १ लाख ३० हजार रुपैयाँ बराबरको पटाका बरामद

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ कार्तिक २०७८
nabil bank
करिब १ लाख ३० हजार रुपैयाँ बराबरको पटाका बरामद
Global IME
yamaha_MAW
LBF

नवलपरासी पश्चिम । प्रतापपुर गाउँपालिका ३ सोमनीबाट करिब १ लाख ३० हजार रूपैयाँ मूल्य बराबरका विभिन्न प्रकारका पटाका सोमबार बिहान प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको गस्ती प्रहरी टोलीलाई देख्नासाथ मोटरसाइकलमा ल्याउदै गरेका उक्त पटाकाहरु सोही स्थानमा छोडेर मोटरसाइकल सहित मानिस फरार भएपश्चात प्रहरीले उक्त पटाकाहरु बरामद गरेको हो । 

फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस