aarthiknews.com विहीबार, २३ मंसिर २०७८   Thursday, 09 December, 2021
 
Esewa_Remit
British College

अफगानिस्तानबाट भागेर भारत हुँदै नेपाल प्रवेश गरेका ११ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ कार्तिक २०७८
nabil bank
अफगानिस्तानबाट भागेर भारत हुँदै नेपाल प्रवेश गरेका ११ जना पक्राउ
Global IME
yamaha_MAW
LBF

काठमाडौं । अफगानिस्तानमा तालिबान नेतृत्वले सत्ता सम्हालेपछि भागेर भारत हुँदै नेपाल प्रवेश गरेका ११ जना अफगानी नागरिक पक्राउ परेका छन् । काठमाडौंको सिनामंगलबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीले आज बिहान सिनामंगलको एक घरबाट उनीहरुलाई पक्राउ गरेको डिआईजी धिरजप्रताप सिंहले जानकारी दिए । उनले भने, ‘उनीहरु नेपाल किन र केका लागि आए भनेर अनुसन्धान गरिरहेको छौं ।’ प्रारम्भिक अनुसन्धानमा उनीहरु भारतको बाटो हुँदै नेपाल आएको खुलेको उनले बताए ।  

तालिबान नेतृत्वले अफगानिस्तानको सत्ता सम्हालेपछि उनीहरु भागेर भारत हुँदै नेपाल प्रवेश गरेका थिए । पक्राउ परेकामध्ये ६ जनासँग भारतको नक्कली आधारकार्डसमेत बरामद भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस