aarthiknews.com विहीबार, २३ मंसिर २०७८   Thursday, 09 December, 2021
 
Esewa_Remit
British College

लस्कर फुडसले ल्यायो ’कोर्पोरेट लन्च अफर’, खाना मगाउदा २५ प्रतिसत सम्म छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ कार्तिक २०७८
nabil bank
लस्कर फुडसले ल्यायो ’कोर्पोरेट लन्च अफर’, खाना मगाउदा २५ प्रतिसत सम्म छुट
Global IME
yamaha_MAW
LBF

काठमाडौं । अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले आकर्षक ’कोर्पोरेट लन्च अफर’ ल्याएको छ । लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो । ग्राहकले चाहेको खानेकुरा सजिलैसँग घरघर/कार्यालयमा पुर्याउने लक्ष्य लस्कर फुड्सले लिएको छ । लस्कर फूड्सले हाइजेनिक किचेनको अबधारणालाई अघी सारेर कोर्पोरेट लन्च अफर ल्याएको हो ।

काठमाडौं उपत्यकाका कार्यालय अफिसलाई  मध्यनजर गरी  समयमा सस्तो मिठो हाइजेनिक खाजा खुवाउने लक्ष्य लस्कर फुडसले लिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमन ओस्तीले बताए । लस्कर फुडस यस अफर सँगै , अरु बिभिन्न अफर समेत ल्याएको छ । हाललाई खाना खाजा अर्डर गर्दा २५ प्रतिसत छुट पाउने लस्कर फुडसले जनाएको छ । 

लस्कर फुडसले बिभिन्न समयमा अन्लाइन फुड प्रतियोगिता समेतको आयोजना गरेको थियो । लस्कर फुड्सको प्रमुख आर्कषण नै गुणस्तरीय खानेकुरा अनलाइन मार्फत घरघर अफिसमै उपलब्ध गराउने लक्ष्य रहेको छ । तोकेको समय सीमाभित्रै अर्डर गरिएका खानेकुरा डेलिभरी गर्नुनै लस्कर फुड्सको प्रमुख उद्देश्य हो ।  काठमाडौं उपत्यकाबासी व्यस्त हुने र अनलाइन इ–कर्मस, फुड डेलिभरीप्रति आम नागरिकहरुको आकर्षण बढ्दै गएपछी लस्कर फुडसले कोर्पोरेट लन्च अफर अघि सारेको हो ।

बजारमा दर्जनौं फुड डेलिभरी प्लेटफर्म रहे पनि लस्कर फुड्स तिनीहरुभन्दा भिन्न रहेको लस्कर फुडसका प्रमुख कार्यकरी अधिकृत ओस्तीको दाबी छ । प्रभु–पे, इसेवा, खल्तीका साथै क्यास अन डेलिभरीबाट विल तिर्न मिल्ने ब्यबस्था रहेको छ । ठमेल पकनाजोलस्थित रहेको लस्कर फुड्सको कार्यालयमा सिधैं फोन गरेर ०११–४७००५५४/ ४७००५५३ , ९८८६५३८२६० कोर्पोरेट लन्च अफरको बारेमा बुज्न सकिने प्रमुख कार्यकरी अधिकृत ओस्ती बताए । लस्कर फुडस  अनुप्रयोग (एप)  बाट आफूलाई मन पर्ने खाना खाजा मगाउन पनि सकिने प्रमुख कार्यकारी अधिकृत  ओस्ती बताउँछन् ।
 

प्रतिक्रिया दिनुहोस