aarthiknews.com मंगलबार, १४ मंसिर २०७८   Tuesday, 30 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

सोमवार नेप्सेले गर्याे दुई कम्पनीको शेयरमूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ कार्तिक २०७८
Citizen life
nabil bank
सोमवार नेप्सेले गर्याे दुई कम्पनीको शेयरमूल्य समायोजन
Global IME
yamaha_MAW
LBF

काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कुमारी बैंक र गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले दुबै कम्पनीको प्रस्तावित बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । कुमारी बैंकको आइतवार कायम अन्तिम शेयरमूल्य २८० रुपैयाँको आधारमा नेप्सेले ६ प्रतिशत बोनस शेयरपछिको मूल्य २६४ दशमलव १५ तोकेको छ । त्यस्तै गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको आइतवार कायम अन्तिम शेयरमूल्य १ हजार ५७६ रुपैयाँको आधारमा १६ दशमलव ९०६४ प्रतिशत बानेस शेयर पछिको मूल्य नेप्सेले १ हजार ३४८ रुपैयाँ तोकेको हो । 

यी दुबै कम्पनीले प्रस्तावित लाभांश पारितका लागि वार्षिक साधारण सभाको मिति तय गरिसकेका छन् । वार्षिक साधारण सभा प्रयोजनका लागि कात्तिक ८ गते बुक क्लोजको मिति तय गरेसँगै नेप्सेले बुक क्लोजअघिको मूल्य तय गरेको हो । बुक क्लोजको आधारमा कात्तिक ७ गतेसम्म कायम शेयरधनीहरुले मात्र यी कम्पनीको लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन सक्नेछन् ।

गुराँस लघुवित्तले कात्तिक २२ गते छैठौं वार्षिक साधारण सभा बोलाएको छ । सभाका लागि कम्पनीले १६ दशमलव ९०६४ प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि शून्य दशमलव ८८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । त्यस्तै कुमारी बैंकले कात्तिक १६ गते २१औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभाका लागि ६ प्रतिशत बोनस शेयरसँगै कर प्रयोजन समेतका लागि २ दशमलव ६७ प्रतिशत नगद लाभांश प्रस्ताव तय भएको छ । 
 

प्रतिक्रिया दिनुहोस