aarthiknews.com आइतबार, १२ मंसिर २०७८   Sunday, 28 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

तीन दिनको मौसम पूर्वानुमान : पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ कार्तिक २०७८
Citizen life
nabil bank
तीन दिनको मौसम पूर्वानुमान : पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव
Global IME
yamaha_MAW
LBF

 काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशभर आंशिकदेखि सामान्य बदली रही  प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बांकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन रचट्याङ्ग सहित  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै, उच्च  पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हिमपातको समेत सम्भावना रहेकोले कृषिजन्य कार्य गर्दा  र यात्रा तथा धुमफिर गर्दा आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बांकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती देशभर आंशिक देखि सामान्य बदली रहने छ। गण्डकी, बागमती र प्रदेश नं १ का एक दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  प्रदेश नं १ , बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मंगलबार दिउँसो देशको पहाडी भु-भागमा आंशिकदेखि सामान्य बदली  र तराईका भु-भागमा सामान्यतया सफादेखि आंशिक बदली रहने छ। देशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती देशको पहाडी भु-भागमा आंशिकदेखि सामान्य बदली  र तराईका भु-भागमा सामान्यतया सफादेखि आंशिक बदली रहने छ। उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बुधबार दिउँसो देशको पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली  र तराईका भु-भागमा सामान्यतया सफादेखि आंशिक बदली रहने छ। देशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती देशको पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली  र तराईका भु-भागमा सामान्यतया सफादेखि आंशिक बदली रहने छ। उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस