aarthiknews.com बुधबार, १० असोज २०८०   Wednesday, 27 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

नयाँ लाइसेन्सको आवेदन यहि सातादेखि खुल्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ कार्तिक २०७८
himalayanlife
नयाँ लाइसेन्सको आवेदन यहि सातादेखि खुल्ने
DHI
NIBL

काठमाडौं । नयाँ सवारी अनुमति पत्र (लाइसेन्स)को आवेदन यहि साताबाट खुल्ने भएको छ । यातायात व्यवस्था विभागका यही साताको अन्तिमसम्ममा स्मार्ट लाइसेन्सका लागि नयाँ आवेदन खुलान लागेको हो । विभागले झन्डै छ महिनापछि नयाँ आवेदन खोल्न लागेको विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले बताएका छन। 

दोस्रो चरणको कोरोना महामारी फैलिएसँगै गत वैशाख १६ गतेदेखि लाइसेन्सको नयाँ आवेदन बन्द छ। यही साताको शुक्रबारसम्म नयाँ आवदेन खुला गरिन लागेको यातायात व्यवस्था विभागका सूचना अधिकारी भुसाल बताउछन।

स्मार्ट लाइसेन्सको छपाइ भने अझै पनि सुस्त छ। हाल काम बन्द भए पनि स्मार्ट लाइसेन्स छपाइ कात्तिक अन्तिम सातादेखि अर्थात् तिहारपछि हुने विभागले जनाएको छ। कार्डका अभाव भएका कारणले ट्रायल पास र पुराना नविकरण गर्न दिएकाहरुको लाइसेन्स पनि प्रिन्ट हुन नसकेको उनले बताए । उनले भने, ‘हामीसँग कार्डको अभाव भएका कारणले लाइसेन्स वितरणमा समस्या आएको हो अब केहि दिनमा नै कार्ड आइपुग्छ त्यस पनि नयाँ र पुराना सबैलाई लाइसेन्स वितरण हुन्छ ।’

विभागले हाल १४ लाख लाइसेन्स नयाँ र पुरानालाई वितरण गर्न बाँकी रहेको छ । विभागका अनुसार यो १४ लाखलाई कार्ड वितरण गरेपछि भने नयाँ प्रविधिमा जाने तयारीमा रहेको छ । विभागका सूचना अधिकारीका अनुसार यो १४ लाख कार्ड वितरण गरेपछि भने हाल आएको नयाँ प्रविधिमा विभागले लाइसेन्स बनाउनका लागि तयारी गरिरहेको बताए । 

प्रतिक्रिया दिनुहोस