aarthiknews.com विहीबार, ०६ माघ २०७८   Thursday, 20 January, 2022
 
British College

युएईमा सडक लाइट पालना नगर्नेलाई १६ लाख जरिवाना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ कार्तिक २०७८
युएईमा सडक लाइट पालना नगर्नेलाई १६ लाख जरिवाना
Global IME
LBF

एजेन्सी । युनाइटेड अरब इमरेट्सको अबु धाबीमा रातो बत्ती बलेको बेलामा  मोटरसाइकल चलाउनेलाई १६ लाख ३२ हजार जरिवाना तिराइएको छ । साथै चालकको सवारी साधन जफत गरि  ५१ हजार डिराम जरिवाना तिर्नु भएको छ । अबुधाबी पुलिसले मोटरसाइकल चालकहरुलाई रातो सिग्नल क्रस नगर्न र मोटरसाइकल पछाडि ल्याउन भनेको थियो । तर, उक्त चालकले प्रहरीको आदेशको समेत अवहेलना गरेको समाचार गल्फ न्युजले प्रकाशित गरेको छ । 

अबू धाबी पुलिसद्वारा जारी एक बयानका अनुसार, मोटरसाइकल एक जंक्शन पार गरेर गुडिरहेको बेलामा रातो बत्ती बलिरहेको बेलामा साधारण तय १००० दिराम  जरिवाना हुनेछ । उनलाई १२ वटा कालो अंकुश लगाउनुका साथै उन सवारी साधनलाई ३० दिनका लागि नियन्त्रणमा लिइनेछ ।

अबू धाबीको कानुनमा सवारी जफतको सम्बन्धमा २०२० को कानून नं (५) को अन्तर्गत चालकले गाडी छुटाउनका लागि लागी ५०,००० दिराम तिर्नेछ र छ महिनापछि मात्र ड्राइभिङ लाइसेन्स फिर्ता लिइनेछ ।
 

प्रतिक्रिया दिनुहोस