
काठमाडौं । नेपाल राष्ट्र बैकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । बैंकका अनुसार अमेरिकी डलर एकको खरिद ११९ रुपैयाँ ५३ पैसा र विक्रीदर १२० रुपैयाँ १३ पैसा तोकेको छ । यूरोपियन यूरो एकको खरिददर १३९ रुपैयाँ १३ पैसा र विक्रीदर १३९ रुपैयाँ ८३ पैसा रहेको छ । एक कतारी रियाल खरिदका लागि नेपाली ३२ रुपैयाँ ८३ पैसा रहेको छ ।
साउदी अरबियन रियाल आज एकको खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५२ पैसा रहेको बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिदर ८९ रुपैयाँ६७ पैसा र विक्रीदर ९० रुपैयाँ १२ पैसा रहेको छ ।
यस्तै क्यानेडी डलरको बिनिमयदर आज ९६ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४२ पैसा, सिंगापुर डलर एकको खरिदर ८८ रुपैयाँ ७६ पैसा र विक्रीदर ८९ रुपैयाँ २१ पैसा, जापानी यन आज १० खरिददर नेपाली १० रुपैयाँ ५० पैसा र विक्रीदर १० रुपैयाँ ५५ पैसा रहेको छ ।
मलेसियन रिंगेट एकको खरिददर २८ रुपैयाँ ८० पैसा र बिक्रीदर २८ रुपैयाँ ९० पैसा रहेको छ । त्यस्तै सबैभन्दा महगो पैसा बहराइनको रहेको छ । जसको एकको खरिददर ३१७ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३१८ रुपैयाँ ६८ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस