प्रिमियर इन्स्योरेन्सको साधारण सभा आज, ८४ प्रतिशत बोनस पारित गर्ने - Aarthiknews
aarthiknews.com शुक्रबार, २७ मंसिर २०७६   Friday, 13 December, 2019
 
Bajaj_Bike

प्रिमियर इन्स्योरेन्सको साधारण सभा आज, ८४ प्रतिशत बोनस पारित गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ असार २०७६
Sunrise bank
प्रिमियर इन्स्योरेन्सको साधारण सभा आज, ८४ प्रतिशत बोनस पारित गर्ने
LBEF
NCH-IPS

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत वर्षको मुनाफाबाट लगानीकर्तालाई ८४ प्रतिशत बोनस शेयर दिने प्रस्ताव साधारण सभा आज बलाएको छ । मंगलबार अर्थात आज असार ३१ गते हुने कम्पनीको साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

पच्चिसौं वार्षिक साधारण सभा बिहान ११ बजे नक्साल ब्याङ्क्वेट नक्सालमा हुने भएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असार २० गते बुक क्लोज गरेको छ । उक्त लाभांश असार १९ गतेसम्म कायम शेयरधनीले मात्र पाउने छन् ।

१ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउन कम्पनीले बोनस शेयर वितरण गर्न लागेको हो  । बोनस शेयर कर प्रयोजनका लागि नगद लाभांश भने दिने छैन । हाल कम्पनीको चुक्ता पुँजी  ५८ करोड ४० लाख छ । प्रस्तावित बोनस शेयर वितरण पछि चुक्ता पुँजी  १ अर्ब ७ करोड ४५ लाख ६० हजार पुग्नेछ । 

प्रतिक्रिया दिनुहोस