aarthiknews.com आइतबार, १२ मंसिर २०७८   Sunday, 28 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

भारतमा पनि शेयर बजारमा गिरावट, यस्तोमा के गर्ने सिकौँ झुनझुनवालाबाट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ कार्तिक २०७८
Citizen life
nabil bank
भारतमा पनि शेयर बजारमा गिरावट, यस्तोमा के गर्ने सिकौँ झुनझुनवालाबाट
Global IME
yamaha_MAW
LBF

काठमाडौँ । शेयर बजारमा गिरावट आउँदा धेरै लगानीकर्ताहरू निराश बन्छन्। तर, दिग्गज र ठुला भनिएका लगानीकर्ताको लागि भने त्यो समय लगानी बढाउने सुवर्ण अवसर बन्छ। हुन पनि शेयर बजारको 'क', 'ख' सिकाउँदा हर कोहीले अरूलाई दिने सुझाव र अर्ति पनि त्यही हो।  आधारभूत सूत्रका रूपमा- 'बढ्दो बजारमा बेच्ने, घट्दो बजारमा किन्ने'। 

हुन त नेपालमा त्यतिले मात्र शेयर बजारमा टिक्न सकिँदैन। यहाँ भित्री सूचना लिएर कारोबार गर्ने देखि ठुला लगानीकर्ताले गर्ने कर्नरिङको मारमा साना लगानीकर्ता र कतिपय कम्पनी समेत पर्ने गरेका छन्। तर, केही व्यवस्थित र परिपक्व बजारमा भने त्यस्तो हुँदैन। आधारभूत सूत्रले सधैँ र सबैको लागि काम गर्छ। 

उदाहरणको लागि भारतका वरिष्ठ लगानीकर्ता राकेश झुनझुनवालाले हालै गरेको एक लगानीलाई हेरौँ। उनले निकै लामो समयको अन्तरालपछि एक पटक फेरि टाइटन कम्पनीको शेयर किनेका छन्। जसका कारण भारतमा अहिले त्यो विषय चर्चामा समेत छ। उनले लगभग दुई वर्षपछि टाइटनमा आफ्नो हिस्सेदारी बढाएका हुन् । यसअघि उनले अन्तिम पटक सन् २०१९ को डिसेम्बरमा टाइटनको शेयर किनेका थिए। 

यो प्रसङ्ग किन यहाँ चर्चा गरिएको हो भने नेपालमा झैँ अहिले भारतमा पनि लगातार शेयर बजार गिर्दो अवस्थामा छ। बिहीबार एकै दिन ७ सय अङ्कले सेन्सेक्स  घट्दा ठुला लगानीकर्ता झुनझुनवाला भने आफ्नो शेयर बढाइरहेका थिए। 

यो बजार घटेको मौकामा राकेश झुनझुनवाला र उनकी श्रीमती रेखाले टाइटनको शेयर किनेका हुन् । यससँगै उनले सरकारी कम्पनी इस्पात प्राधिकरण अर्थात् सेलको शेयरहरू पनि किनेका छन्। झुनझुनवाला र उनकी श्रीमतीको टाइटनमा ४.८७ प्रतिशत शेयर छ। टाइटनको शेयर अक्टोबर १८ मा गएको एक वर्ष कै उच्च बिन्दुमा पुग्यो। त्यस दिन शेयर मूल्य २,६५३ भारतीय रुपैयाँ थियो। तर बिहीबार यो २,३९३ रुपैयाँमा झर्‍यो। अर्थात्, यो तीन दिनमा प्रति शेयर ३०० रुपैयाँले घट्यो। उता झुनझुनवालाले भने यही मौकामा किने। 

यसको बजार मूल्य एक वर्ष पहिले १,१५४ रुपैयाँ थियो। टाइटनको मार्केट क्याप २.१३ लाख करोड रुपैयाँ छ। यस आधारमा राकेश र रेखा दुवैको टाइटनको शेयरको मूल्य १०,३९३ करोड रुपैयाँ छ।

प्रतिक्रिया दिनुहोस