aarthiknews.com आइतबार, १२ मंसिर २०७८   Sunday, 28 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

साहस उर्जाको आईपीओले पहिलो कारोबारको लागि कति पाउला ओपन रेञ्ज ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ कार्तिक २०७८
Citizen life
nabil bank
साहस उर्जाको आईपीओले पहिलो कारोबारको लागि कति पाउला ओपन रेञ्ज ?
Global IME
yamaha_MAW
LBF

काठमाडौं । साहस उर्जा कम्पनीको आईपीओले पहिलो कारोबारका लागि ओपन रेञ्ज रू. १३५ दशमलव ११ देखि ४०५ दशमलव ३३ पाउने देखिएको छ ।  कम्पनीको आव २०७६/७७ को बास्तविक नेटवर्थ रू. १३५ दशमलव ११ रहेकाले नेप्सेले पहिलो कारोबारको लागि नेटवर्थको तिन गुणा सम्म मूल्य रेञ्ज तोक्ने भएकाले उक्त मूल्य रेञ्ज पाउने देखिएको हो । 

कम्पनीको शेयर सुचिकरण प्रक्रियामा रहेको छ । उक्त आइपीओको बाँडफाँट असोज १७ गते भएको हो । सो आइपीओ ६ लाख ४४ हजार आवेदकहरुले १० कित्ताका दरले शेयर पाएका हुन । कम्पनीले निष्कासन गरेको आइपीओमा कुल २३ लाख ९५ हजार ४५६ जनाले आवेदन दिएका थिए । कुल आवेदन मध्ये ११ हजार ९९६ जना आवेदकको आवेदन रद्ध भएको थियो । 

कम्पनीले भदौ ६ गते देखि १० गते सम्म रू. ७० करोड बरावरको ७० लाख कित्ता आइपीओ निष्कासन गरेको हो । निष्कासन गर्ने कुल कित्ता मध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीको लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याएको छ । बाँकी रहको ६४ लाख ४० हजार कित्ता शेयर सर्वसाधारण को लागि निष्कासन गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस