aarthiknews.com विहीबार, २३ मंसिर २०७८   Thursday, 09 December, 2021
 
Esewa_Remit
British College

बाढीले क्षतिग्रस्त दुई ठूला खानेपानी आयोजनाका संरचना मर्मत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ कार्तिक २०७८
nabil bank
बाढीले क्षतिग्रस्त दुई ठूला खानेपानी आयोजनाका संरचना मर्मत
Global IME
yamaha_MAW
LBF

काभ्रेपलाञ्चोक । इन्द्रावती नदीमा आएको बाढीले क्षति पु¥याएका काभ्रेपलाञ्चोकको दुई ठूला खानेपानी आयोजनाका संरचना मर्मत, पुनःनिर्माण एवं सुरक्षित गर्ने काम भइरहेको छ । सिन्धुपाल्चोकको मेलम्ची हुँदै इन्द्रावती नदीमा गत असार १ गतेदेखि पटकपटक बाढी आउँदा पाँचखाल बृहत् सहरी खानेपानी तथा सरसफाइ आयोजना र तेमाल बृहत् सुक्खा–क्षेत्र खानेपानी तथा सरसफाइ आयोजनाको मुहानमा ठूलो क्षति पुर्याएको थियो ।

लिफ्टिङ प्रविधिका पाँचखाल खानेपानीको मुहान इन्द्रावती नदी किनार र तेमाल खानेपानीको मुहान सुनकोसी नदी किनारमा छन् । यस वर्षको पहिलो बाढीले तेमाल खानेपानीको मुहान रहेको स्थान तेमाल गाउँपालिका–२ र ३ को सिमाना सुनकोसी नदी किनार चुखाबेँसीमा कटान सुरु गरेको थियो । त्यससँगै यही साउन १७ र १९ गतेको बाढीले आयोजनाको मुहानको पक्की संरचनासमेत बगाएपछि मर्मत, पुनःनिर्माण एवं सुरक्षित गर्ने काम भइरहेको उपभोक्ता समितिका अध्यक्ष सङ्ग्रामजित लामाले बताए । उनका अनुसार मुहान क्षेत्रमा निर्माण लिफ्टिङ ट्याङ्कको जोखिमलाई व्यवस्थित गरिँदैछ ।

“यस वर्षको अनपेक्षित बाढीले खानेपानीको मुहान क्षेत्रमा लाखौँको क्षति पुर्याएको थियो, हामी मर्मत, पुनःनिर्माण तथा सुरक्षित बनाउने काम गर्दैछौँ”, उनले भने । उहाँका अनुसार बाढीले आयोजनाको रु ६० लाखभन्दा बढी क्षति पुर्याएको थियो भने करोडौंका संरचनालाई जोखिम र्पुयाएको थियो । संरचनालाई जोखिममुक्त बनाउन सयौँ ग्यावियनमा ढुङ्गा भर्ने काम भइरहेको छ । तेमाल क्षेत्रका नौ हजार ३१० परिवारका करिब ५५ हजारका लागि खानेपानी आयोजना सञ्चालन गरिएको हो ।

विसं २०७२ असार महिनामा सम्झौता भएको आयोजनाको काम गत मङ्सिरमा सक्ने लक्ष्य राखिए पनि कारोना महामारीका कारण कामको निरन्तरता नहुँदा तथा बाढीले संरचनामा क्षति पुर्याउँदा केही धकेलिएको छ । अध्यक्ष लामाका अनुसार तिहारपछि खानेपानी वितरणको पाइप लाइन बिछ्याइनेछ । “आउँदो चैतभित्र खानेपानी वितरण हुन्छ”, उनले भने । भूकम्पलगत्तै खानेपानीका मूल सुक्दै गएपछि तेमालका केही बासिन्दा विस्थापित हुने तरखरमा थिए, तर बृहत् खानेपानी आयोजनाले रोकेको बताइन्छ ।

नेपाल सरकार खानेपानी विभागमार्फत एक अर्ब २७ करोड रुपैयाँ, गाउँपालिकाको एक प्रतिशत र स्थानीय उपभोक्ताले नौ प्रतिशत जनश्रमदानमा सञ्चालन गरिएको आयोजनामध्ये दुई चरणमा करिब ९५ प्रतिशत काम सकिएको समितिका अध्यक्ष लामाले जानकारी दिए। उनका अनुसार सुनकोसी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइने संरचना बनिसकेका छन् ।

यस्तै इन्द्रावती नदीको पहिलो र त्यसपछिका बाढीले पाँचखाल खानेपानी आयोजनाको मुहानमा निर्माणाधीन संरचनामा रु दुई करोडभन्दा बढीको क्षति पुगेपछि हाल पुनःनिर्माण तथा सुरक्षित बनाउने काम भइरहेको उपभोक्ता समितिले जनाएको छ । भुम्लु गाउँपालिका–१० बिमिरेस्थित मुहानका सबै संरचना ध्वस्त भई ठूलो क्षति पुगेपछि हाल पुनःनिर्माणको काम भइरहेको उपभोक्ता समितिका अध्यक्ष कुमार लामछिानेले जानकारी दिए। उनका अनुसार मुहानको इन्टेक, २० वटा ठूला पम्प, प्यानल बोर्ड, पाइप तथा प्रोटेक्सन पर्खालमा क्षति पुगेको छ भने निर्माणार्थ राखिएको १०० टिपरभन्दा बढी बालुवा र केही मात्रामा सिमेन्ट बगाएको थियो ।

“हामीले साउन महिनाभित्र मुहान क्षेत्रको काम सम्पन्न गर्ने लक्ष्यका साथ लागिरहेका थियौँ, बाढीले मुहान क्षेत्रका रु दुई करोडभन्दा बढी संरचनामा क्षति पुर्याएको थियो, त्यसैको मर्मतको काम भइरहेको छ”, लामिछानेले भने । आयोजनाका सहायक व्यवस्थापक इन्द्रमानसिंह बस्नेतका अनुसार निर्माणाधीन संरचना सुरक्षाका लागि बनाइएको तटबन्धको केहीबाहेकका सबै संरचना बाढीले बगाएको थियो । यसअघि गत वर्षको कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण सम्झौतापछि केही समय धकेलिएको पाँचखाल बृहत् सहरी खानेपानी आयोजनाको कामले तीव्रता पाउँदै आएको थियो ।

पाँचखाल नगरका १० वटा वडाका सात हजारलाई खानेपानी पुर्याउने लक्ष्यका साथ हाल आयोजना कार्यान्वयनको चरणमा रहेको छ । आयोजना सम्झौताको शर्तअनुसार कूल योजनाको पाँच प्रतिशत अर्थात् ११ करोड पाँच लाख रुपैयाँ उपभोक्ताले जम्मा गरेका छन् । जसअनुसार पाँचखालका प्रतिउपभोक्ता परिवारले एक वर्षअघि खानेपानी परियोजनाको बैंक खातामा १८ हजार रुपैयाँ जम्मा गरेका छन् ।

परियोजनाको विसं २०७६ भदौ १२ गते त्रिपक्षीय सम्झौता भएको हो । दुई अर्ब २१ करोड रुपैयाँको लागतमा अढाई वर्षमा निर्माण सम्पन्न गरिने लक्ष्य लिइएको उक्त आयोजना हाल कार्यान्वयनको चरणमा रहेका आयोजनाअन्तर्गत नेपालमा सञ्चालित खानेपानी योजनामध्ये पाँचखाल–सुनकोसी–पाँचखाल बृहत् खानेपानी सबैभन्दा ठूलो मानिएको छ ।

प्रतिक्रिया दिनुहोस