aarthiknews.com आइतबार, १२ मंसिर २०७८   Sunday, 28 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

एघार घर भत्किँदा २० लाखभन्दा बढीको क्षति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ कार्तिक २०७८
Citizen life
nabil bank
एघार घर भत्किँदा २० लाखभन्दा बढीको क्षति
Global IME
yamaha_MAW
LBF

जलेश्वर । महोत्तरी जिल्लाको विभिन्न तीन स्थानीय तहमा ११ घर भत्किँदा २० लाखभन्दा बढीको धनमाल क्षति भएको छ । महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टका अनुसार जिल्लामा मंङ्गलबार, बुधबार र बिहीबारसम्म परेको पानीले गर्दा बलवा नगरपालिकामा पाँच, भङ्गहा नगरपालिकामा चार र मनरा नगरपालिकामा दुई जनाको घर भत्किएको हो ।    

यसरी तीन स्थानीय तहमा ११ जनाको कच्ची, खपटाले छाएको र बाँसको टाटी (घेराबेरा) लागेको घर भत्किँदा घरसहित भित्र रहेका अन्नपात, भाँडाकुडा र अन्य वस्तुसमेत क्षति भएका  उनको भनाइ थियो। 

प्रतिक्रिया दिनुहोस