aarthiknews.com आइतबार, १२ मंसिर २०७८   Sunday, 28 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

स्रोत नखुलेको ८० लाख नगद सहित पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ कार्तिक २०७८
Citizen life
nabil bank
स्रोत नखुलेको  ८० लाख  नगद सहित पक्राउ
Global IME
yamaha_MAW
LBF

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीबाट स्रोत नखुलेको ८० लाख रूपैयाँ सहित काठमाडौं कोटेश्वर बस्ने बाग्लुङ गल्कोट नगरपालिका-१० पाण्डवखानी घर भएका ३६ वर्षीय चित्र बहादुर पुन मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । 

लोकन्थली मनहरा आँखा अस्पताल नजिक हुण्डीको कारोवार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले मगरलाई बा.४९ प ८५६५ नम्बरको स्कुटर र नगद ३० लाख रूपैयाँ सहित नियन्त्रणमा लिई अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा थप नगद ५० लाख रूपैयाँ फेला पारेको हो । उनलाई आवश्यक कारवाहीको लागि सम्पत्ति शुद्धिकरण बिभाग हरिहरभवन ललितपुर पठाइएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस