aarthiknews.com आइतबार, १२ मंसिर २०७८   Sunday, 28 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike
टिप्पणी

मुद्रास्फीति रोक्न किन चाहँदैन सरकार ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ कार्तिक २०७८
Citizen life
nabil bank
मुद्रास्फीति रोक्न किन चाहँदैन सरकार ?
Global IME
yamaha_MAW
LBF

हाम्रा कुनै पनि सरकारहरू अर्थव्यवस्थाको आकार बिस्तार गर्न तर्फ लागेनन् बरु उनीहरूका हरेक गतिविधिले मुद्रास्फीतिलाई सहयोग गरिरह्यो। फलस्वरूप आफूलाई पपुलिष्ट प्रमाणित गर्न प्रयत्न गर्ने हरेक सरकारका पालामा गरिबहरू झन् गरिब बन्दै गए भने धनीको धन त्यही मात्रामा बढ्दै गयो। 

मुद्रास्फीति मुद्राको क्रय शक्तिको क्रमिक क्षयीकरण हो। सरकारहरू सधैँ मुद्रास्फीतिको औचित्यता पुष्टि गर्न विभिन्न बहाना देखाउँछन् : बढ्दो माग, आपूर्ति शृङ्खलामा अवरोध वा दुष्ट व्यावसायिक घरानाहरूको लालचा। तर,वास्तवमा ती सबै बहाना मात्र हुन्। मुद्रास्फीति सधैँ एक मौद्रिक घटना हो। बस्तुहरूको मूल्य उकालो लाग्छ किनकि पैसाको आपूर्ति वास्तविक उत्पादन र वास्तविक पैसाको भन्दा बढी भइरहेको हुन्छ। 

बजारमा बस्तुको मूल्य बढ्नुमा आपूर्ति शृङ्खलामा अवरोध आउनुलाई लिने हो भने  तथ्यले त्यसो भन्न दिँदैन। त्यहाँ कसरी "आपूर्ति शृङ्खलामा अवरोध" हुन सक्छ जबकि शिपिंग उद्योग सन् २०१९ मा ओभर क्यापासिटीको समस्यामा थियो ? कसरी कसैले भन्न सक्छ कि प्राकृतिक ग्याँस र तेलको मूल्य आपूर्ति शृङ्खला अवरोधहरूको कारण बढेको छ ? जबकि ती वस्तुमा आपूर्ति बिलकुल मागलाई पछ्याएको छ? 

वास्तवमा भयो के भने सन् २०२० मा लकडाउनका बेला ठुलो धन सृष्टि गरियो जुन विधि अप्राकृतिक थियो। फलतः मौद्रिक मुद्रास्फीति सिर्जना भयो। 

खैर, यो भयो। पहिले, हामीले सम्पत्ति मूल्यहरू मा एक ठुलो वृद्धि देखियो। मुद्रास्फीति तब सिर्जना हुन्छ जहाँ पैसाको आपूर्ति बढ्दै जान्छ, यो बढ्दो इक्विटी र उच्च वण्ड बजार वा सबै समय उच्च रहने आवास र निजी इक्विटीको मूल्यमा देखा पर्छ । धेरै पैसा उही सामानको पछि लागेपछि स्वाभाविक रुपमा मूल्य बढ्छ यसबाहेक, अत्यावश्यक सामान र सेवाहरूमा भारी मुद्रास्फीति भइरहेको छ । आवास, स्वास्थ्य सेवा र शिक्षाको मूल्यहरू आधिकारिक सीपीआई (उपभोक्ता मूल्य सूचकाङ्क) भन्दा धेरै बढेको अवस्था छ।

किन यति धेरै आक्रामक ढङ्गले अहिले मूल्यमा विस्फोट भएको छ? सर्वप्रथम, लकडाउनको बिचमा ठुलो मात्रामा पैसा छाप्ने काम विश्वभर भयो, घोषित-अघोषित रुपमा। जसले गर्दा सम्पत्तिको मूल्याङ्कन बढेको छ तर दुर्लभ "मूल्य क्षेत्र"मा त्यसको प्रत्यक्ष असर देखिएको छ। पछिल्लो दशकमा कमजोर मागमा अत्यधिक आपूर्तिको वृद्धि भोग्नु परेका तेल, प्राकृतिक ग्यास, कोइला वा एल्युमिनियमसम्म त्यो पैसा पुग्यो। ती उद्योग सस्तो मूल्यका कारण अघिल्लो दशकमा अधिक क्षमता द्वारा ग्रसित थिए। 

मुद्रास्फीतिबारे सरकार किन उदासीन

मुद्रास्फीति बजारमा पैसा छापेर पठाएको अर्को दिन नै सुरु हुँदैन। यो भनेको मुद्राको क्रय शक्तिमा बिस्तारै आउने क्षयीकरण हो। अहिले देखिएको मुद्रास्फीति वर्ष पहिले सुरु भयो र भारी पैसा छपाई गर्ने निर्णयसँगै विश्वभर सुरु भयो। तर, सरकारहरू किन बेवास्ता गर्छन्? उनीहरू किन कारबाही गर्दैनन्? पक्कै पनि मूल्यलाई कम गरेर उपभोक्ताहरूलाई सहजता दिँदा उनीहरूलाई फाइदै हुन्छ। मतदाताहरूलाई खुसी राख्नको लागी उनीहरूको सर्वोत्तम हितमा हुन्छ। तर पनि त्यसो गर्दैनन् किन ? जवाफ सरल छ: किनभने सरकारहरू मुद्रास्फीतिको सबैभन्दा ठुलो लाभार्थी हुन्। उनीहरू अप्रत्यक्ष करहरूबाट अधिक रकम सङ्कलन गर्दछन् र उनीहरूको बढ्दो ऋण बिस्तारै मुद्रास्फीतिद्वारा घटाउन सकिन्छ ।

यसबाहेक, सरकारहरू मुद्रास्फीतिको विरुद्ध कहिल्यै कारबाही गर्दैनन् किनकि उनीहरू यसबाट लाभान्वित हुन्छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा उनीहरू आफ्ना नीतिहरू बाहेक सबैलाई दोष दिन सक्छन्। काम गर्ने र व्यापारबाट कमाउनेहरूलाई दोष थोपरेर जनता सामु आफू संचिलो बन्छन्।  तर, मुद्रास्फीतिको खस कारक भने स्वयम् सरकार र उसले बनाएको नीति नै हो। 

प्रतिक्रिया दिनुहोस