aarthiknews.com आइतबार, १२ मंसिर २०७८   Sunday, 28 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

शनिबारसम्मको मौसम पूर्वानुमान यस्तो छ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ कार्तिक २०७८
Citizen life
nabil bank
शनिबारसम्मको मौसम पूर्वानुमान यस्तो छ
Global IME
yamaha_MAW
LBF

काठमाडौं । देशभर आंशिकदेखि सामान्य वदली रही प्रदेश नं १, बागमती प्रदेश र गण्डकी  प्रदेशहका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक वा दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।  हाल भारतको बिहारमा  रहेका न्यून चापिय प्रणाली र पश्चिमी वायु प्रणालीको सामान्य प्रभाव नेपालमा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर आन्शिक देखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ । 

बिहिवार दिउँसो देशभर आंशिक देखि सामान्य वदली रहने छ। प्रदेश १, बागमती र गण्डकी  प्रदेशहरुका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक वा दुई स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । राती देशभर आंशिकदेखि सामान्य वदली रहने छ। प्रदेश नं १ र गण्डकी  प्रदेशहरुका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक वा दुई स्थानहरुमा मेघगर्जन रचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

शुक्रवार दिउँसो प्रदेश न १, प्रदेश न २, वागमती प्रदेश, र गण्डकी प्रदेशमा सामान्य वदली र सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य वदली रहने छ। प्रदेश १, बागमती, र गण्डकी प्रदेशका एक(दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राती देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती, र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक(दुई स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

शनिवार दिउँसो देशभर आंशिक देखि सामान्य वदली रहने छ। प्रदेश १, बागमती, र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती देशभर आंशिकदेखि सामान्य वदली रहने छ।  बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका एक(दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

प्रतिक्रिया दिनुहोस