aarthiknews.com मंगलबार, १४ मंसिर २०७८   Tuesday, 30 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

ई–टीडीएस हालको प्रणालीमा परिवर्तन

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • बुधबार, ०३ कार्तिक २०७८
Citizen life
nabil bank
ई–टीडीएस हालको प्रणालीमा परिवर्तन
Global IME
yamaha_MAW
LBF

काठमाडौं । आन्तरिक राजस्व विभागले आम व्यवसायी करदातालाई राहत मिल्ने गरी ई–टीडीएससम्बन्धी हालको प्रणालीमा परिवर्तन गरेको छ । कर कार्यालय धाएर ई–टीडीएस गर्नुपर्ने झन्झट हटाएर आफैले ई–टीडीएस गर्न सक्ने गरी विभागले नयाँ प्रणाली लागू गरेको हो ।

विभागका अनुसार अब विथहोल्डिङ एजेन्ट (टीडीएस काट्ने कम्पनी) ले विथहोल्डी (टीडीएस काटिने) को प्यान नम्बर पेश गर्न सक्नेछ । यसअघि ई–टीडीएस गर्न कर कार्यालयमा विथहोल्डिङ एजेन्टले निवेदन दिनुपर्थ्यो ।

ई–टीडीएस समयमा नहुँदा विथहोल्डीहरूलाई समयमा कर विवरण बुझाउनसमेत समस्या रहेको थियो । विभागले यो समस्या समाधान गर्न प्रणाली परिवर्तन गरेको आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस