aarthiknews.com मंगलबार, १४ मंसिर २०७८   Tuesday, 30 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

नेप्सेमा बैंकको ब्याजदरको प्रत्यक्ष प्रभाव, परिसूचक ७७.३३ अंकले घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ कार्तिक २०७८
Citizen life
nabil bank
नेप्सेमा बैंकको ब्याजदरको प्रत्यक्ष प्रभाव, परिसूचक ७७.३३ अंकले घट्यो
Global IME
yamaha_MAW
LBF

काठमाडौं । साताको तेस्रो कारोबार आज मङ्गलवार पनि नेप्सेमा अत्यासलाग्दो गिरावटको क्रमले निरन्तरता पाएको छ।  आज नेप्से परिसूचक ७७.३३ अंकले घटेर  २५१०।७३ बिन्दुमा अडिएको छ। आज ३ अर्ब ७७ करोड ७३ लाखको कारोबार भएको छ। 

वाणिज्य बैंकहरुले अस्वाभाविक रूपमा निक्षेपमा बढाएको ब्याजदरको प्रभाव देखिएको हो।  वाणिज्य बैंकहरुले कात्तिक १ गतेदेखि लागू हुने गरेर निक्षेपको ब्याजदर बढाएपछि शेयर बजारमा लगातार गिरावट आएको हो ।

आजको कारोबारमा पनि ७ कम्पनीका लगानीकर्ताले भने कमाएका छन्।  तर, १७८ कम्पनीका लगानीकर्ता भने आजको कारोबारबाट निराश बन्नु परेको छ।  दुई वटा कम्पनीको मूल्यमा भने परिवर्तन आएको छैन। 

दसैँ बिदा पछिको दोस्रो कारोबारमा सोमबार पनि अत्यासलाग्दो गिरावट आएको थियो । सोमबार ६९.५१ अङ्कको गिरावट सहित नेप्से परिसूचक २५८७.४५ बिन्दुमा अडेको थियो । जसबाट आज तल झरेको हो। दसैँ बिदा पछि खुलेको शेयर बजारले आइतबार आशाको सञ्चार गरे पनि सोमबार बजार खुल्नासाथ गिरावट देखिएको थियो जसले मङ्गलवार पनि निरन्तरता पायो। 

प्रतिक्रिया दिनुहोस