aarthiknews.com मंगलबार, १४ मंसिर २०७८   Tuesday, 30 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

ब्याजदरको प्रभाव नेप्सेमा ,१०० अंकभन्दा बढीको गिरावट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ कार्तिक २०७८
Citizen life
nabil bank
ब्याजदरको प्रभाव नेप्सेमा ,१०० अंकभन्दा बढीको गिरावट
Global IME
yamaha_MAW
LBF

काठमाडौं । नेप्सेमा बाणिज्य बैंकहरुले अस्वभाविक रुपमा निक्षेपमा बढाएको ब्याजदरको प्रभाव देखिन थालेको छ।  वाणिज्य बैंकहरुले कात्तिक १ गतेदेखि लागू हुने गरेर निक्षेपको ब्याजदर बढाएपछि शेयर बजारमा अहिले मध्यान्न सम्मको कारोवारमा १०० अंकभन्दा बढीको गिरावट आएको हो ।

साढे १ बजे नेप्से परिसूचक २४८३ मा झरेको छ । बजार खुलेदेखि शेयरको मूल्य निरन्तर घटेको छ । प्रतिशतका आधारमा ४.०४ प्रतिशतको गिरावट छ । अहिलेसम्म २ अर्ब ४३ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । कतिपय शेयर विश्लेषकहरुले नेप्सेको यो गिरावटले  बजारमा बियरिस ट्रेन्ड शुरु भएको अनुमान समेत गर्न थालेका छन् ।

दशैं पछिको पहिलो दिनको  कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेता पनि हिजो देखि लगातार नेप्सेमा गिरावट आउन थालेको छ।

 

प्रतिक्रिया दिनुहोस