aarthiknews.com विहीबार, २३ मंसिर २०७८   Thursday, 09 December, 2021
 
Esewa_Remit
British College

प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर लिलामीमा विक्री खुला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ कार्तिक २०७८
nabil bank
प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर लिलामीमा विक्री खुला
Global IME
yamaha_MAW
LBF

काठमाडौ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहको शेयर लिलामी बढाबढ मार्फत बिक्री खुला भएको छ । कम्पनीको ५ लाख ४२ हजार ९ सय ६५ कित्ता संस्थापक शेयर आजदेखि लिलामी बढाबढ मार्फत बिक्री खुला भएको हो ।

उक्त शेयरको न्यूनतम मूल्य ४ सय रुपैयाँ तोकिएको छ । त्यसैले, लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने कम्पनीले जनाएको छ । शेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कार्तिक १२ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

लगानीकर्ताले उक्त सेयरमा न्यूनतम ५ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन पेश गर्न गर्न सक्नेछन् । संस्थाको शेयर बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल रहेको छ ।

उक्त शेयरमा एनआइसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौँमा आइपुग्ने गरी आवेदन दिन सकिने कम्पनीले सोही सुचनामा उल्लेख गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस