aarthiknews.com मंगलबार, १४ मंसिर २०७८   Tuesday, 30 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

२७ औं वार्षिकोत्सवको अवसरमा एभरेष्ट बैंकले गर्यो रक्तदान र निःशुल्क स्वास्थ्य जाँच

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ कार्तिक २०७८
Citizen life
nabil bank
२७ औं वार्षिकोत्सवको अवसरमा एभरेष्ट बैंकले गर्यो रक्तदान र निःशुल्क स्वास्थ्य जाँच
Global IME
yamaha_MAW
LBF

काठमाडौँ। एभरेष्ट बैंकले आफ्नो २७ औं वार्षिकोत्सवको अवसरमा मुख्य शाखा, लाजिम्पाटमा रक्तदान र निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न गरेको छ । रगतको बढ्दो माग आपूर्तिका निम्ति हाम्रा अधिकांश कर्मचारीहरुका साथै ग्राहकवर्गहरुसंग सक्रिय भई रक्तदान कार्यक्रममा सहभागिता जनाएका थिए ।

उक्त कार्यक्रममा धेरै ग्राहक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । रगतको बढ्दो मागलाई पुरा गर्ने उद्देश्यले बैंकका ५० भन्दा बढी कर्मचारीहरु तथा ग्राहकहरुले रक्तदान गरेका थिए । त्यसैैगरी १०० भन्दा कर्मचारीहरु तथा ग्राहकहरुले निःशुुल्क जाँच शिविरबाट वरिष्ठ चिकित्सकहरुबाट पोस्ट कोभिडको बारेमा आवश्यक परामर्श लिएका छन् । 

यसै कार्यक्रमको शिलशिलामा बैंकमा २५ वर्षभन्दा बढी सेवारत कर्मचारीहरुलाई सम्मान गरेको छ । यसैगरी बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुर महानगरपालिकासंग शंखमूल स्थित घाटमा विद्युतीय शव दाह उपकरण उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  

सो सम्झौता पत्र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र ललितपुर महानगरपालिकाका मेयर  चिरिबाबु महर्जनका बीच साटासाट गरिएको थियो । यसै अवसरमा बैंकले वानेश्वर स्थित शाखाका एकजना पुराना ग्राहकलाई अभिनन्दन पनि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस