aarthiknews.com मंगलबार, १४ मंसिर २०७८   Tuesday, 30 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

जङ्गली हात्तीका बथानले धानबाली र केरा बारीमा क्षति

  • रासस
    रासस
  • सोमबार, ०१ कार्तिक २०७८
Citizen life
nabil bank
जङ्गली हात्तीका बथानले धानबाली र केरा बारीमा क्षति
Global IME
yamaha_MAW
LBF

काठमाडौं ।जङ्गली हात्तीका बथानले गएराति शुक्लाफाँटा नगरपालिका–२ गुल्लरपट्टिका किसानको धानबालीमा क्षति पु–याएको छ । चुरे क्षेत्रबाट  बस्तीमा छिरेको हात्तीका बथानले खेतबाट काटेर घरमै कुन्यू बनाएर राखेको नलैसहितको धान खाएर क्षति पु–याएको हो ।

“दश कठ्ठा जग्गामा लगाइएको धानबाली काटेर घरमै थ्रेसिङ गर्न ल्याएका थियौँ” स्थानीय किसान राजकुमार चौधरीले भने, “हात्तीका बथानले पुरै धानका बाला खाएको छ । निकै नोक्सानी भयो ।”

उनका अनुसार खेतमा उत्पादन भएको धानले पुरै परिवारका लागि वर्षभर खान पुग्थ्यो । हात्तीले सबै खाएकाले  धान खरिद गरेर परिवार पाल्नुपर्ने भएको छ । छ देखि नौको सङ्ख्यामा रहेको हात्तीका बथानले पाँच परिवारको झण्डै डेढ विघा जग्गाको धानबाली खाएर नोक्सानी पु–याएको छ ।

यसैगरी हात्तीका बथानले वडा नं ११ का हिरा सिंह घटाल, दानबहादुर ऐर, कौशिला जोशीको धानबालीसँगै मनोज बिष्टको केरा बारी, सिद्धभीम आर्दश आधारभूत विद्यालयको घेरवारका साथै  वडा नं ३ का किसानले लगाएको तरकारी बालीमा समेत क्षति पु–याएको वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए ।

“तरकारी बालीमा हात्तीको बथानले नोक्सानी गरेको खबर किसानले गरेका छन्” उनले भने, “अनुगमनका लागि जाँदैछौँ । के कति क्षति भयो अनुगमन पछि थाहा हुन्छ ।” धान खाए पछि हात्तीको बथान नजिकैको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जतर्फ लागेको स्थानीय बासिन्दाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस