aarthiknews.com विहीबार, २३ मंसिर २०७८   Thursday, 09 December, 2021
 
Esewa_Remit
British College

बेलायतमा छुरा प्रहार गरी सांसदको हत्या

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३० असोज २०७८
nabil bank
बेलायतमा छुरा प्रहार गरी  सांसदको हत्या
Global IME
yamaha_MAW
LBF

लन्डन । बेलायतमा शुक्रबार छुरा प्रहार गरी एक सांसदको हत्या भएको छ । सत्तारुढ दल कन्जरभेटिभ पार्टीका सांसद डेभिड अमेसलाई चर्चमा एक जनाले छुरा प्रहार गरेका थिए । गम्भीर अवस्थामा अस्पताल लगिएका उनलाई चिकित्सकले मृत घोषित गरेका हुन् ।

प्रहरीले हमलाकारीलाई हत्यामा प्रयोग भएको छुरासहित नियन्त्रणमा लिएको छ । रोयटर्स समाचार एजेन्सीका अनुसार चर्चमा आफ्नो क्षेत्रका जनतासँग कुरा गरिरहेको समयमा सांसद अमेसमाथि हमला भएको हो ।

हमलाकारीको उमेर २५ वर्ष बताइएको छ । उनले किन सांसदमाथि हमला गरे भन्नेबारे खुल्न सकेको छैन । अमेस करिब चार दशकदेखि सांसद थिए ।एजेन्सी 

प्रतिक्रिया दिनुहोस