aarthiknews.com मंगलबार, १४ मंसिर २०७८   Tuesday, 30 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

अफगानिस्तानको शिया मस्जिदमा बम आक्रमण ४७ जनाको मृत्यु, ७० जना घाइते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३० असोज २०७८
Citizen life
nabil bank
अफगानिस्तानको शिया मस्जिदमा बम आक्रमण  ४७ जनाको मृत्यु, ७० जना घाइते
Global IME
yamaha_MAW
LBF

काठमाडौं । अफगानिस्तानको कान्दहार शहरस्थित एउटा शिया मस्जिदमा बम आक्रमण हुँदा ४७ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन् ।शुक्रबारको साप्ताहिक प्रार्थनाका बेला बीबी फातिमा मस्जिदमा बम आक्रमण भएको थियो ।

अलजजिराका अनुसार विष्फोटमा ४७ जनाको मृत्यु भएको पुष्टि भएको छ ।तीन जना आक्रमणकारीले आत्मघाती बम आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् । एक जना आक्रमणकारीले मस्जिदको प्रवेशद्वारमा र दुई जनाले भित्र विष्फोट गराएका थिए ।

शुक्रबारको साप्ताहिक प्रार्थना हुने भएकाले मस्जिद मानिसहरुले भरिभराउ थियो । घटनास्थलको तस्वीरमा मस्जिदका झ्यालका सिसाहरु फुटेका र शवहरु भुइँमा यत्रतत्र छरिएको देखिन्छ । तालिबानले विशेष सुरक्षा फौजले घटनास्थल घेरामा राखेको छ र घाइतेहरुको उपचारका लागि रगत आवश्यक परेकाले रक्तदान गर्न आह्वान गरेको छ ।

यो आक्रमणको जिम्मा कसैले पनि लिएको छैन । एक साता अगाडि शुक्रबारकै दिन पनि उत्तरी कुन्दुज प्रान्तस्थित शिया मस्जिदमा विष्फोट हुँदा ५० जनाको ज्यान गएको थियो । 
 

प्रतिक्रिया दिनुहोस