aarthiknews.com मंगलबार, १४ मंसिर २०७८   Tuesday, 30 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

आत्मानिर्भर अर्थतन्त्र विकासको अवसर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३० असोज २०७८
Citizen life
nabil bank
आत्मानिर्भर अर्थतन्त्र विकासको अवसर
Global IME
yamaha_MAW
LBF

कोभिड–महामारीले संसारलाई बन्धक बनायो, हामी सवैलाई घरभित्रै बस्न बाध्य बनायो । यसले हाम्रो दिनचर्या, जीवनयापन, सामाजिक एवम् आर्थिक गतिविधिमा धेरै प्रभाव पार्यो । व्यपार श्रृङ्खलामा ठुलो असर पर्याे भने उत्पादन देखि वितरण र आपूर्तिसम्मको चक्रलाई भत्कायो । अर्थतन्त्रलाई शिथिल बनायो । गरीबी र बेरोजगारी बढ्यो । कतिपय उद्योगी व्यापारीहरु पलायन नै हुन पुगे ।

कोभिडको जोखिम अझै सकिएको छैन । यद्यपि विभिन्न देशहरुले कोभिडका कारण टुटेको व्यापार श्रृङ्खलालाई जोगाउन विभिन्न प्रयत्नहरु गरेका छन् । आफ्नो अवस्था, क्षमता र सम्भावनाअनुसार उत्पादन बढाउनेदेखि अन्य राष्टसंगको सहकार्यलाई अघि बढाएर व्यापार श्रृङ्खलालाई जोगाउने प्रयास गरिरहेका छन् । कतिपय मुलुक यस समस्याबाट बाहिर आईसके भने कतिपय प्रयासरत छन् । नेपाल पनि टुटेको व्यापार श्रृङ्खला जोड्ने प्रयासमै छ ।

हामी यो महामारीको चपेटाबाट अहिल्यै पूर्णरुपमा बाहिर आउन नसके पनि विस्तारै छुटकारा पाउने प्रक्रियामा छौं । कोभिडको जोखिम र प्रभावबाट छुटकारा पाउन पछिल्लो समय आएको कोरोनाविरुद्धको खोपले पानि केही हदसम्म सहयोग पुर्याउने विश्वास गरिएको छ । यद्यपी कोरोनाको विस्तार र खोपको उपलब्धताको आधारमा सन् २०२२ मा मात्रै विश्वभरका मानिसहरुलाई खोप लगाउन सक्ने विज्ञहरुले बताउदै आएका छन् ।

कालो बादलमा चांदीको घेरा हुन्छ भने जस्तै यस महामारीले हामीलाई आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने अवसर दिएको छ। अब उत्पादन र पूजी निर्माणमा विशेष जोड दिनैपर्छ भन्ने गतिलो पाठ हामीले सिकेका छौँ । उत्पादनदेखि वितरण र आपूर्तिसम्मको श्रृङ्खलालाई चुस्त बनाउन पूर्वाधार विकास गर्नुपर्छ भन्ने शिक्षा पाएका छौँ । सूचना तथा सञ्चार प्रविधि र विज्ञानको विकास र प्रयोगविना अघि बढ्न सकिंदैन भन्ने पाठ सिकेका छौँ । यसर्थ, महामारीका तमाम प्रभाव र असरका बावजुद यसले सिकाएको पाठलाई सकारात्मकरुपमा लिएर त्यसको अनुशरण गर्दै आत्मनिर्भर अर्थतन्त्र विकासमा जुट्नुपर्छ ।

पुनरुत्थानको प्रयास
कोभिडबाट मुलुकको उद्योग व्यापार, शिक्षा, पर्यटनलगायत अधिकांश क्षेत्र प्रभावित भए । धेरै क्षेत्रहरु एक अर्कामा जोडिएका हुनाले पनि एउटा प्रभावित हुदा अर्को स्वतः प्रभावित हुने अवस्था आयो । कतिपय क्षेत्रका व्यवसायीहरु त पलायनै हुनुपर्ने अवस्था समेत आएको छ ।

धेरै जसो धनी देशहरुले मनी सर्कुलेशनका लागि भन्दै आफना उद्योगी व्यवसायीहरुलाई पैसा नै बाँडेर राहत दिए, नगद प्रवाहमा सहजीकरण गरिदिए । जसका कारण ती देशमा माग र आपूर्तिको श्रृङ्खला चाडै पुरानो अवस्थामा फर्कियो, कामदारहरुको रोजगारी पनि फर्कियो । तर नेपालजस्ता गरीब देशहरुले नगद राहत दिन सकेनन् । नगद प्रवाहमा प्रत्यक्ष सघाउने क्षमता पनि भएन । यसले गर्दा उद्योगी व्यवसायीहरु पलायन हुन पुगे, श्रमक मजदुरको रोजगारी गुम्न पुग्यो ।

यद्यपि नेपालका उद्योग व्यवसाय पनि क्रमशः पुनरुत्थानको बाटोमा छन् । कतिपय क्षेत्रहरु पूर्णरुपमा सञ्चालनमा आएका छन् भने कतिपय अझै पुनरुत्थान हुने बाटोमै छन् । विभिन्न क्षेत्रअनुसारका उद्योग व्यवसायले कोरोनाको कहर कम हुदै जाँदा आफनो बाटो समातिरहेको अवस्था छ । खासगरी खाद्यन्नलगायत थुप्रै उत्पादनमूलक क्षेत्रहरु पुरानै लयमा फर्किसकेका छन् । निर्माण, स्वास्थ्य, शिक्षालगायत क्षेत्र पनि सञ्चालनमा आईसकेका छन् तर अझै राम्रोसँग लय समाउन सकेका छैनन् । मूल्य तथा वितरणमा केही चुनौतिहरु भए पनि हामीले त्यसलाई समाधान गर्दै अघि बढाईरहेका छौं । 

जोखिमकै बीच व्यवसायीले सकेसम्म व्यावसायिक गतिविधिलाई निरन्तरता दिईरहेका छन् । संकट आयो भन्दैमा हामी पछि हट्नेभन्ने हुँदैन । नेपालमा कोभिड विरुद्दको खोपको उपलब्धताले उद्योगी व्यवसायीहरुलाई केही उर्जा भने थर्पिदएको छ । सोही कारण पनि अहिले हामी निडर भई खुल्लारुपले व्यापार व्यवसाय गरिरहेका छौं । कोरोनाले थिलथिलो बनाएको अर्थतन्त्रलाई पुनः पहिलेकै अवस्थामा फर्काउन सरकारले व्यवसायीको आवश्यकता बुझिदिनुपर्छ ।

असहज आयात–निर्यात
नेपाल आहिले सम्म आयातमुखी अर्थतन्त्र भएकै मुलुक हो, हामी धेरै वस्तुमा परनिर्भर छौँ । त्यति मात्रै होइन, नेपालमा उत्पादन हुने धेरैजसो वस्तुको कच्चा पदार्थ पानि आयात नै गरिन्छ । कोरोना महामारीका कारण विश्व बजारमा माग र आपूर्तिको श्रृङ्खला खलबलिदा नेपाल पनि त्यसबाट प्रभावित बन्यो । केही समय श्रृङ्खला पूर्णरुपमा भत्किएकाले अहिले पनि कच्चा पदार्थको आयातमा समस्या देखिएका छन् । कच्चा पदार्थ र सिपिङलगायतको मूल्यसमेत बढेको छ । यसले हाम्रो व्यापारदेखि उत्पादनसम्मको लागत बढाएको छ ।

व्यापार चक्रमा असर पर्दा त्यसबाट उत्पादन क्षेत्रसमेत प्रत्यक्ष प्रभावित हुने नै भयो । कच्चा पदार्थको सुपथ र सहजरुपमा आपूर्ति नहुँदा उत्पादन गर्न गाह्रो भएको छ । निर्यातका लागि आवश्यक ढुवानीको व्यवस्था मिलाउनसमेत अप्ठ्यारो भएको परिस्थिति छ । एकातर्फ थुप्रै शिपिङ कम्पनी बन्द भएका छन् भने सञ्चालनमा रहेका शिपिङले चर्को मूल्य असुली रहेका छन् । एयर ट्राभलले पानि निरन्तरता पाएको छैन, यसले गर्दा धेरैजसो एयर कार्गो सेवाहरु हालसम्म पानि सञ्चालनमा आउन सकेका छैनन् । यस्ता तमाम कारणले आयात निर्यात व्यापारले पुरानो लय समात्न सकेको छैन । यसर्थ हामी उद्योगी व्यवसायी र राज्यको ध्यान आयात निर्यातलाई सहज बनाउनेतर्फ हुनुपर्ने देखिएको छ ।

कोरोना महामारीको जोखिम रहेकै यो अवस्था र त्यसले सिर्जना गरेको परिस्थितिमा हामीले पछिल्लो समय प्रचालत सूचना प्रविधि (आईटी) क्षेत्रको विकास र प्रयोगलाई बढाउनुको विकल्प छैन । आईटीको प्रयोगलाई विशेष ध्यान दिएर अघि बढ्न सके फाईदा लिन सकिने देखिन्छ । महामारीको अवस्थामा पनि घरमै बसीबसी काम गर्न सकियो । सूचना प्रविधिमा भएको पछिल्लो विकासले त्यो सम्भव भएको हो । महामारीको अवस्थामा पनि आईटी क्षेत्रले धेरै ठूलो प्रगति गरिरहेको छ । यसले हामीलाई प्रविधिमा लगानी बढाउनुपर्छ भन्ने पाठ सिकाएको छ । अब आईटीको विकास र उपयोग गर्दै यस क्षेत्रमा लगानी बढाउनैपर्ने देखिएको छ ।

धेरै जसो सेवा प्रदायकले दिने सेवा सूचनाप्रविधिको प्रयोगमार्फत घर तथा कार्यालयमा बसेरै लिने व्यवस्था मिलाउनुपर्छ । हाल हामीकहाँ प्रविधिको प्रयोग सुरु भए पनि भौतिकरुपमा उपस्थित हुनुपर्ने र सनाखत गर्नुपर्ने पुरानो व्यवस्था कायमै छ, त्यसले काम र झन्झट थपिएको छ । भौतिकरुपमा उपस्थित हुनुपर्ने ब्यवस्थाको तुरुन्तै अन्त्य हुनुपर्दछ ।

पूँजी निर्माणको आवश्यकता
नाराले मात्र कुनै पनि मुलुक समृद्ध भएको छैन । पहिले तहामी आफै देशलाई कता लैजाने भन्ने बारे प्रष्ट हुन सकेका छैनौ । हामी अहिले नेपालमा समाजवाद मात्रै भनिरहेका छौं । तर नेपालमा समाजवादको नाराले मात्रै पूँजीको विकास गर्न सक्दैन । नाराले मात्रै पूँजी निर्माण गर्न सकिदैन भन्ने कुराविभिन्न कम्युनिष्ट राष्ट्रहरुले देखाइसकेका छन् । कतिपय देशहरुले पूँजीवादको मारा नलगाईकनै पूँजीनिर्माण गरेको देखिन्छ । जसमार्फत ती मुलुकका नागरिकहरुले सहजरुपमा आधारभुत आवश्यकता पूरा गर्न पाएका छन् । नेपालले पनि पूँजीवादको नारा लगाई पूँजीवादतिरै लाग्नुपर्छ भन्ने मेरो मान्यता छ । यसो गर्न सकिए पूँजी निर्माण हुन्छ । पूँजीवादबाटै ढिलोचाँडो समाजवादमा पुगिने हो, यसर्थ अहिलेको आवश्यकता पूँजीको निर्माण र विकास हो ।

पूँजी निर्माणको आधारको रुपमा हामीलाई आवश्यक अधिकांश बस्तु तथा सेवाहरु आफनै देशमा उत्पादन गर्ने क्षमता राख्नुपर्दछ । सम्भव भएका वस्तुहरु स्वदेशमै उत्पादन गर्ने र संम्भव नभएका बस्तुहरुका लागि भने निश्चित देशसँग मिलेर आपसी हितअनुरुप अघि बढ्ने नीति लिनुपर्छ र सोहीअनुसार कार्य गर्नुपर्छ ।

हामीलाई कस्तो बाद चाहिएको हो ? पूँजीवाद कि समाजवाद ? अनि समाजवाद भनेको कस्तो हो ? यी सबै प्रश्नको उत्तर पहिल्याएर हामीले कस्तो अर्थतन्त्र बनाउन खोजेका हौ भन्ने स्पष्ट हुनुपर्छ । यसका लागि देशका विज्ञहरु, निजी क्षेत्र र राजनीतिकर्मीहरुले निर्णय लिनुपर्छ ।

यसर्थ पुँजी निर्माण र विकासका लागि निजी क्षेत्रलाई उत्पादन वृद्धितर्फ जोड दिन उत्प्रेरित गर्नुपर्छ । बजार बिस्तारको व्यवस्था सरकारले गरिदिनुपर्ने हुन्छ । यस्तै नेपाली जनतामा पनि नेपालमै उत्पादित वस्तुहरुको उपयोग गर्नुपर्छ भन्ने सोचको विकास गर्नुपर्ने देखिन्छ । सरकारले स्वदेशमै उत्पादित वस्तुहरुको प्रयोगमा जोड दिनुपर्छ । स्वदेशी वस्तुको प्रगोग गर्न ल्याएको निर्देशिकाको परिपालना हुनुपर्छ । सरकारले यी वस्तुहरुमा हामी आत्मनिर्भर हुँदैछौ, यी वस्तुहरुको अवस्था यस्तो छ भन्ने लगायतका जानकारीहरु संग्रहित गर्नुपर्छ र सोहीअनुसार उत्पादनमा बल पुग्ने र खपत बढाउने नीति लिनुपर्छ ।

उद्योगी व्यवसायीहरु कति काठन परिस्थितिमा बाँचिरहेका छन् भन्ने कसैलाई वास्ता छैन । तर उसको कमाईमा सबैका आँखा लगाईरहेका छन् । उद्योगी व्यवसायीलाई हेर्ने नजरिया नै फरक छ । त्यसैले हामी उद्योगी व्यवसायीलाई हेर्ने नजर समेत बदल्न आवश्यक छ । हामीलाई पूँजी निर्माण र विकासको साधकको रुपमाहेरिनुपर्छ ।

न्युन ब्याजदर पुनरुत्थानको आधार

पछिल्लो समय एकल अंकको ब्याजदर हुनपर्छ भन्ने माग तथा सुझावहरु आईरहेका छन् । खासगरी दोहोरो अंकको ब्याजदर हुँदा लागत उच्च हुन गई उद्योग व्यवसाय सञ्चालनमा समस्या भइरहेको देखिन्छ । यसर्थ देशको विकास गर्नका लागि कर्जाको ब्याजदर ६ देखि ७ प्रतिशतभन्दा बढी हुन हुँदैन । हामीले पैसा बचत भन्दा पनि लगानी गर्ने बानी बसाल्नुपर्छ । लगानीबाट आएको प्रतिफलले वै पुगे अवस्थामा वचतको काम छैन । ठूला देशहरुका प्रायः नागरिकहरुले बैंकमा पैसा जम्मा नगरी लगानी गर्छन्, सोहीअनुसार देशको क्रय शक्ति पनि बढेको पाइन्छ । कोरोनाले थलिएको उद्योग व्यवसायलाई उकास्न ६ देखि ७ प्रतिशतको बैंक व्याजदर पर्याप्त हुन्छ । बैंकको व्याजदर यो स्तरमा आएको  खण्डमा पलायन भएका व्यापार व्यावसाय पनि फर्किने सम्भावना रहन्छ । 

स्रोत साधन परिचालन र उपयोग 
कोभिडको माहामारीको जोखिम यथावत छ, अर्थतन्त्र शिथिल भएको छ, यस्तो अवस्थामा मुद्रास्फीति पनि कम हुने संभावना देखिएको छ । अहिले अर्थतन्त्र पुनरुत्थानको लागि हामीलाई ठूलो लगननी चाहिएको छ । यसका लागि सरकार निजी क्षेत्रले पनि विदेशी ऋण र लगानी ल्याउन पहल गर्नुपर्छ ।  आन्तरिक स्रोत साधनबाट मात्रै हामीले खोजेको विकास र उन्नति सम्भव नहुन पनि सक्छ । यसर्थ बाह्य स्रोत  परिचालनका लागि स्पष्ट र सहज नीति हुनुपर्छ । 

नेपालसँग स्रोत र साधनको कमी छैन तर यसलाई सही उपयोग गर्ने गरी नीतिगत व्यावस्था हुनु पर्ने अत्यन्तै आवश्यक छ । नेपालमा भएको पानी, जडिबुटीलगायत प्राकृतिक बस्तुलाई मूल्य अभिवृद्धि (भ्यालू एड) गरेर विक्री गर्न सकेमा हामीले प्रशस्त लाभ लिन सक्छौं । त्यसो त संसारका कतिपय देशहरुमा कच्चा पदार्थ नभए पनि उच्च मूल्यका बस्तुहरु उत्पादन गरिरहेको छन्, जसलाई हामी पनि किन्छौं । तर हामीसँग स्रोत र साधन भएपनि राम्रो योजना र सोचका साथ अघि नबढ्दा त्यसको उचित उपयोग र परिचालन गर्न सकेको छैनौं । स्रोत साधनको कही ढंगले परिचालन गर्न सकेको अवस्थामा नेपालजस्तो सानो मुलुकले पनि चाँडै सफलता पाउन सक्दछ । 

संस्कृति/प्रकृतिको संरक्षण गर्दै विकास 
नेपाल संस्कृति बेचेर पनि धनी हुन सक्ने सम्भावना बोकेको मुलुक हो छ । हामीले हाम्रो संस्कृतिको जगेर्ना गरी यसको सही विकासमा जोड दिनपर्छ । त्यसका लागी आवश्यक पूर्वाधारहरु जस्तै हवाई मार्ग , सडकलगायतको विकास गरिनुपर्छ । यसको सहजीकरणका लागि निजी र सरकारी क्षेत्र भनेर नछुट्याई सबै मिलेर अघि बढ्नुपर्छ । हाम्रो साँस्कृति एवम् प्राकृतिक स्रोत साधन देखाएर लाखौं पर्यटक भित्र्याउन सकिन्छ । त्यसबाट ठुलो परिमाणमा विदेशी मुद्रा कमाउन सकिन्छ । त्यसो गर्न सक्ने हो भने हामी संसारकै सबै भन्दा धनी मुलुक पनि बन्न सक्छौं । (लेखकः बरिष्ठ उद्योगी हुन्, यो लेख चेम्बर अफ कमर्शको स्मारिकाबाट साभार)  

प्रतिक्रिया दिनुहोस