aarthiknews.com आइतबार, १२ मंसिर २०७८   Sunday, 28 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

हेर्नुस्, कुन देशमा कतिबेला हो टीका लाउने उत्तम साइत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ असोज २०७८
Citizen life
nabil bank
हेर्नुस्, कुन देशमा कतिबेला हो टीका लाउने उत्तम साइत
Global IME
yamaha_MAW
LBF

काठमाडौँ । दुर्गा पक्षको मुख्य दिन आज विजयादशमी मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले नेपालका लागि  बिहान १०ः०२ बजे टीका लगाउनका लागि शुभ रहेको जनाएको छ ।

यसैगरी, अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरका देशमा बसोबास गर्ने नेपालीहरूका लागि पनि दसैँको टीका लगाउने उत्तम साइत तयार पारेको छ । धेरै नेपालीको बसोबास रहेका क्षेत्रबाट माग भएबमोजिम सम्बन्धित देशको ग्रहको दृष्टि अनुसार टीका लगाउने समय यकिन गरिएको समितिका अध्यक्ष प्रा. डा. माधवप्रसाद भट्टराईले जानकारी दिए ।

जसअनुसार भारतको देहलीमा १५ अक्टोबरको दिन बिहान ९ बजेर ५ मिनेटमा टीकाको उत्तम साइत निर्धारण गरिएको छ । अमेरिकाको न्यूयोर्क, केन्टुकी, टेक्सास र क्यालिफोर्नियामा बसोबास गर्दै आएकाहरूका लागि १५ अक्टोबरको दिन अलग-अलग साइत जुराइएको छ ।

न्यूयोर्कमा बिहान ९ बजेर २१ मिनेटमा, केन्टुकीमा बिहान ८ बजेर ४५ मिनेटमा, टेक्सासमा ८ बजेर १५ मिनेटमा र क्यालिफोर्नियामा बिहान ७ बजेर १५ मिनेटमा दसैँको टीका लगाउने उत्तम साइत रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस