aarthiknews.com आइतबार, १२ मंसिर २०७८   Sunday, 28 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

थाहा पाउनुहोस् कहाँ कसरी मनाइन्छ दशैं ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ असोज २०७८
Citizen life
nabil bank
थाहा पाउनुहोस् कहाँ कसरी मनाइन्छ दशैं ?
Global IME
yamaha_MAW
LBF

काठमाडौं । हिन्दु नेपालीहरुको महान चाड दशैं नेपालमै पनि मनाउने शैलीमा धेरै अन्तर छन् । पुर्वमादशमीको दिन देखि कोजाग्रत पूर्णिमासम्म नै टिकाको चलन छ । तर पश्चिममा धेरै जसोले दशमीको दिनमात्र टिका लगाउँछन् । समुदाय अनुसार पुजा र खानपानमापनि धेरै अन्तर छ । नेपालबाहेक भारत, बङ्गलादेश, बर्मा, मलेसिया जस्ता थुप्रै देशमा पनि दशैं मनाइन्छ । तर सबै ठाउँको चलन उस्तै छैन्, हामीलाई अनौठो लाग्ने गरी संसारभर फरक ढंगले मनाइन्छ दशैं । 

जान्नुहोस् कहाँ कसरी मनाइन्छ दशैं 
गुजरात
गुजरात क्षेत्रमा नवरात्रीको नामले परिचित छ दशैं । नौ दिनसम्म हरेक रातगर्बा नाच्ने चलन छ । महिलापुरुष सँगै नाचिने यो नाँचमाअत्यन्तै आकर्षक पहिरनको प्रयोग हुन्छ । दुर्गाको मुर्ती, तस्वीर छेउमा राखी दिपप्रज्वलन गरी नाच नाचिन्छ ।

महाराष्ट्र 
महाराष्ट्र क्षेत्रमा दशैंको नौ दिनदुर्गाको पुजागरिन्छ भने दशौं दिन सरस्वतीको । यो दिन स्कुल पढ्ने विद्यार्थीले सरस्वतीको आर्शिवाद माग्दै भव्य रूपले पुजा गर्छन् । नयाँ घर किन्न, घर प्रवेश गर्न र बिहेवारिका लागि यो दिन उपयुक्त मानिन्छ ।

काश्मीर
नवरात्रीपर्वको रूपमा भारतको काश्मीर क्षेत्रका हिन्दुहरूले दशैं मनाउँछन् । दशैंलाई निकै पवित्र चाडको रूपमा लिइन्छ । बालबालिका बाहेक घरका सबै सदस्यले ९ दिनसम्म पानी मात्र खाएर उपवास बस्ने चलन छ । हरेक दिन खीर भवानी देवीको पूजा गरिन्छ ।

तामिल नाडु
भारतको तामिल नाडु, कर्नाटक, आन्ध्र प्रदेशमा दशहराको नाममानौ दिनसम्म दशैं मनाइन्छ । अनौठो कुरा के छ भने उनिहरूले नौ दिनमध्ये तीन–तीनदिन छुट्टा छुट्टै देवीको पुजागरिन्छ । सुरको ३ दिनलक्ष्मीको, त्यसपछी ३ दिन सरस्वतीको र बाँकी ३ दिनदुर्गाको पुजा धुमधाम गरिन्छ ।

उत्तर भारत
उत्तरप्रदेश, बिहार, उत्तराखन्ड र मध्यप्रदेश क्षेत्रको दशैं दुर्गा माताभन्दाभगवान राममा बढी केन्द्रित छ । नौ दिनसम्मतुलसीदासले लेखेको राम चरित्र मानसमा आधारित भएर रामलिलाको प्रर्दशन हुन्छ । बिहारको सितामाडीको जनावर, हस्तकलाका सामान र घरयासी सामान किनमेलको निकै ठूलो मेलालाग्ने गरेको छ ।

हिमाञ्चल प्रदेश
हिमाञ्चल क्षेत्रवासीले दुर्गाको अलवा स्थानी देवता रघुनाथको पनि भव्य पुजा गर्छन । हजारौं सहभागी भएर झकिझकाउ पारेका देवताका मुर्ति बोकेर यात्रा गरिन्छ । यात्रामा नाँचगान पनि गरिन्छ ।

बंगलादेश र पश्चिमबंगाल
दसहराको नाममा पश्चिम बंगालमा ५ दिनमात्रदशैं मनाइन्छ । ठाउँठाउँमा दुर्गा भगवतीकाभव्य र आकर्षक मुर्ति निर्माण गरिन्छ । मिठाई र मिठामिठा परिकार पकाएर खाने चलन छ । बंगलादेशमा पनि हिन्दुहरू पाँचदिनको नै दशैं मनाउँछ्न । राजधानी ढाका लगायतका ठाउँमा देवीदुर्गाको विशाल मन्डप बनाइएको हुन्छ । अन्तिमदिननदीमा लगेर विसर्जन गर्ने चलन छ ।

प्रतिक्रिया दिनुहोस