aarthiknews.com आइतबार, १२ मंसिर २०७८   Sunday, 28 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

सामसुङ संसारको सबैभन्दा राम्रो रोजगारदाता, भारतबाट फोर्ब्सको सूचीमा परे १९ कम्पनी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २८ असोज २०७८
Citizen life
nabil bank
सामसुङ संसारको सबैभन्दा राम्रो रोजगारदाता, भारतबाट फोर्ब्सको सूचीमा परे १९ कम्पनी
PHOTO FROM FORBES
Global IME
yamaha_MAW
LBF

काठमाडौँ। विश्व कै असल रोजगारदाता कम्पनीको सूचीमा भारतका १९ कम्पनी परेका छन्। फोर्ब्सले सार्वजनिक गरेको ठुलो सङ्ख्यामा रोजगार सिर्जना गर्ने असल कम्पनीहरूको सूचीमा भारतका कम्पनीले पनि स्थान बनाएका हुन्। फोर्ब्सका अनुसार भारतमा सर्वाधिक राम्रो रोजगारी दिने कम्पनीमा भने रिलायन्स इन्डस्ट्रीज रहेको छ। 

बिजनेस पत्रिका फोर्ब्सले संसारको सबैभन्दा राम्रो रोजगारदाताहरूको सूची जारी गरेको हो। यस सूचीमा मुकेश अम्बानीको नेतृत्वमा रहेको कम्पनी रिलायन्स इन्डस्ट्रीज लिमिटेड भारतमा पहिलो स्थानमा रहेको छ। रिलायन्स यो सूचीमा 52 औँ स्थानमा छ। संसारका ७५० ठुला कम्पनीहरू यो सूचीमा समावेश गरिएको छ।

भारतबाट दोस्रोमा भने आईसीआईसीआई बैंक रहेको छ। जुन विश्व सूचीमा ६५ औँ स्थानमा छ। एचडीएफसी बैंक ७७ औँ र एचसीएल टेक्नोलोजी ९० औँ स्थानका साथ रहेका भारतीय कम्पनीहरू हुन्। जो शीर्ष १०० कम्पनीहरूमा परेका छन्।

कोभिड १९ को समयमा जब जताततै व्यापार ठप्प थियो। जागिरहरू हराइरहेका थिए। यस्तो नराम्रो समयमा रिलायन्सले कुनै पनि कर्मचारीको तलब कटौती नगर्ने निर्णय गर्‍यो ताकि उनीहरू जागिरको चिन्ता बिना काम गर्न सकुन्। यससँगै उनीहरूको उपचार र परिवारको खोपको आवश्यकताहरूलाई पनि ध्यान राखिएको थियो। रिलायन्सले यो निर्णय पनि गर्‍यो कि कोरोनाका कारण मृत्यु भएका कर्मचारीहरूको आश्रितहरूको भविष्य आर्थिक रूपमा सुरक्षित हुनुपर्छ।सामसुङ  संसारको सबैभन्दा राम्रो रोजगारदाता 

दक्षिण कोरियाली कम्पनी सामसुङले विश्वको सबैभन्दा राम्रो रोजगारदाताको उपाधि जितेको छ। यो सूचीमा सामसुङ नम्बर एकमा छ। दोस्रो देखि सातौँ स्थान अमेरिकी कम्पनीहरूद्वारा कब्जा गरिएको छ। यसमा आईबीएम, माइक्रोसफ्ट, अमेजन, एप्पल, अल्फाबेट र डेल टेक्नोलोजी जस्ता कम्पनीहरू सामेल छन्। यो पछि हुवावे नम्बर ८ मा छ, जुन पहिलो चिनियाँ कम्पनी पहिलो १० मा समावेश हुन् सफल रहेको छ। अमेरिकाको एडोब नम्बर ९ मा छ भने जर्मनीको बीएमडब्ल्यू समूह १० औँ स्थानमा छ।

बजार अनुसन्धान कम्पनी स्टाटिकाको साथमा फोर्ब्सले संसारको सबैभन्दा राम्रो रोजगारदाताको एक वार्षिक सूची सङ्कलित गरेको छ। श्रेणी निर्धारण गर्न, स्टेटिस्टाले बहुराष्ट्रिय कम्पनी र संस्थाहरूमा काम गर्ने ५८ देशका डेढ लाख कर्मचारीहरूको सर्वेक्षण गरेको थियो। सूचीमा समावेश गर्नको लागी कम्पनीहरू धेरै मापदण्डहरूको माध्यमबाट छनौटमा परेका थिए। यसमा कर्मचारीको अनुभव र उनीहरूले गरेको कम्पनीको मूल्याङ्कन र उही क्षेत्रका अन्य कम्पनीहरूको बारेमा उनीहरूको राय समेत समेटिएको थियो। 

प्रतिक्रिया दिनुहोस