aarthiknews.com शनिबार, ३० असोज २०७८   Saturday, 16 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

यस वर्ष नेपाल इन्भेष्टमेण्ट बैंकको लाभांश हालसम्मकै कम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २७ असोज २०७८
Citizen life
nabil bank
यस वर्ष नेपाल इन्भेष्टमेण्ट बैंकको लाभांश हालसम्मकै कम
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कुल १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको असोज १७ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. १६ अर्ब २५ करोड ७३ लाख २९ हजार ५०० को आधारमा ११ दशमलव २४ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ४ दशमलव ७६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

यस वर्ष बैंकको लाभांश हालसम्मकै कम हो । विगतका वर्षहरुमा ४१ प्रतिशतसम्म लाभांश वितरण गरेको बैंकले यस वर्ष कम लाभांश प्रस्ताव गरेको हो । बैंकले वितरण गरेको लाभांशको इतिहासलाई हेर्ने हो भने आर्थिक वर्ष ०७२/७३ को मुनाफाबाट हालसम्मकै उच्च ४१ प्रतिशत लाभांश वितरण गरेको थियो । उक्त वर्षको मुनाफाबाट बैंकले २० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत २१ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

त्यसपछिका दुई आर्थिक वर्ष एउटै अनुपातमा ४० प्रतिशत लाभांश वितरण गरेको बैंकले विगत दुई आर्थिक वर्षभने २० प्रतिशतभन्दा कम लाभांश वितरण गर्दै आएको छ । आर्थिक वर्ष ०७५/७६ को लागि १९ प्रतिशत र ०७६/७७ को लागि १८ दशमलव ५० प्रतिशत लाभांश बैंकले वितरण गरेको थियो । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपस्किृत वित्तीय विवरण अनुसार बैंकले रू. ३ अर्ब ६५ करोड १४ लाख ९६ हजार खुद नाफा गरेको छ । उक्त अवधिसम्म बैंकको वितरणयोग्य नाफा रू. १ अर्ब ९९ करोड ३३ लाख १४ हजार छ ।

प्रतिक्रिया दिनुहोस