aarthiknews.com मंगलबार, १४ मंसिर २०७८   Tuesday, 30 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

तीन ब्रोकर कम्पनीहरुसँग स्पष्टिकरण माग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ असोज २०७८
Citizen life
nabil bank
तीन ब्रोकर कम्पनीहरुसँग स्पष्टिकरण माग
Global IME
yamaha_MAW
LBF

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले तीन ब्रोकर कम्पनीहरुसँग स्पष्टिकरण माग गरेको छ । नेप्सेले ब्रोकर नम्बर ३९ सुमेरु सेक्युरिटिज, ब्रोकर नम्बर ४८ त्रिशक्ति सेक्युरिटिज र ब्रोकर नम्बर ५८ नासा सेक्युरिटिजसँग सात दिने स्पष्टिकरण माग गरेको हो । 

यी ब्रोकर कम्पनीहरुले नियम विपरित कार्य गरेकाले छानविनका लागि स्पष्टिकरण माग गरिएको नेप्सेको भनाई छ । आइतवार नेप्सेको सुपरिवेक्षण विभागबाट उल्लेखित तीन ब्रोकर कम्पनीहरुसँग स्पष्टिकरण माग गरिएको हो ।

यी ब्रोकर कम्पनीहरुबाट नेप्सेको प्रणालीमा ग्राहकहरुको झुठा विवरण रुजु नगरी प्रविष्ट गरेको हुँदा नेप्सेले कारावाही अघि बढाउनका लागि स्पष्टिकरण माग गरेको जानकारी दिएको छ । पूर्ण अनलाईन कारोबार प्रणालीमा गएको नेप्सेको कारोबार प्रणालीमा ग्राहकहरुको सत्यतथ्य विवरणहरु प्रविष्ट गरी पारदर्शी कारोबारका लागि सहयोग पु¥याउने नेप्सेले सुझाब दिएको छ । 
 

प्रतिक्रिया दिनुहोस