aarthiknews.com शनिबार, ३० असोज २०७८   Saturday, 16 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

हुलाक सेवाको समयानुसार विविधिकरण गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ असोज २०७८
Citizen life
nabil bank
हुलाक सेवाको समयानुसार विविधिकरण गरिने
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले हुलाक सेवालाई समयानुसार विविधिकरण गरिने बताए । हुलाक सेवा विभागद्वारा १४७औँ विश्व हुलाक दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले नयाँ प्रविधिसँग सेवालाई जोड्नपर्ने बताए । सरकारी डकुमेन्ट हुलाकबाट गर्नुपर्ने बताउँदै उनले त्यसले सरकारी कागजात सुरक्षित भई आयवृद्धिसमेत हुने विश्वास व्यक्त गरे । 

सोही मन्त्रालयका सहसचिव विनोदप्रकाश सिंहले उक्त विभागलाई थप प्रतिसपर्धी बनाएर सेवा तथा व्यवसायक विस्तार गर्नुपर्ने विचार व्यक्त गरे । हुलाक प्रशिक्षण केन्द्रका प्रमुख सविता कार्की, केन्द्रीय धनादेश कार्यालयका प्रमुख रामेश्वर पोखरेल, फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयका व्यवस्थापक नोखबहादुर बस्याललगायले पछिल्लो पटक सञ्चार क्षेत्रमा भएको विकासले विभागको सेवा ओझेलमा परेकामा चिन्ता व्यक्त गर्दै यसलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । 

विभागका महानिर्देशक इन्दु घिमिरेले आधारभूत सेवाअन्तर्गत चिठी, पत्र, पार्सल सेवा देश विदेशमा उपलब्ध गराइएकामा विसं २०५४ देखि एक्सप्रेस मेल सर्भिस सुरु गरी ३९ देशमा विस्तार गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस