aarthiknews.com मंगलबार, १४ मंसिर २०७८   Tuesday, 30 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

नेपाल प्रहरीमा ७ सय ८१ जनाको लागि जागीर खुल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ असोज २०७८
Citizen life
nabil bank
नेपाल प्रहरीमा ७ सय ८१ जनाको लागि जागीर खुल्यो
Global IME
yamaha_MAW
LBF

काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेका विभिन्न पदहरुमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न कूल ७ सय ८१ जनाको लागि नयाँ भर्ना दरखास्त आव्हान गरिएको छ । नयाँ भर्नामध्ये प्रहरी सहायक निरीक्षक पदमा ३ सय ६७ जना र प्राविधिक समूह अन्तर्गत विभिन्न उप(समूहतर्फ रिक्त प्राविधिक प्रहरी जवान पदमा ४ सय १४ जनाका लागि दरखास्त आव्हान गरिएको हो ।

प्रहरी सहायक निरीक्षक पदका लागि महानगरीय प्रहरी शिक्षालय महाराजगंज र ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरु विराटनगर, जनकपुर (हाल सम्पर्क कार्यालय राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगंज) र दिपायलमा दरखास्त फारम पाइने र बुझाउन सकिने  छ । 

यस्तै प्राविधिक प्रहरी जवान पदका लागि महानगरीय प्रहरी परिसरहरु काठमाडौं, भक्तपुर र ललितपुर, ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरु विराटनगर, जनकपुर (हाल सम्पर्क कार्यालय राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगंज) र दिपायल र सबै जिल्ला प्रहरी कार्यालयमा दरखास्त फारम पाइने र बुझाउन सकिने छ ।

नयाँ भर्ना हुन इच्छुक नागरिकहरुले आगामी कात्तिक ३ गतेदेखि मंसिर १२ गतेसम्म सम्बन्धित कार्यालयहरुमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सक्नेछन् । उक्त भर्ना सम्बन्धी विस्तृत विवरण सहितको सूचना नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ ।     
 

प्रतिक्रिया दिनुहोस