aarthiknews.com शनिबार, ३० असोज २०७८   Saturday, 16 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

‘युवासंग महालक्ष्मी लाईफ’ कार्यक्रम तनहुँमा सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ असोज २०७८
Citizen life
nabil bank
‘युवासंग महालक्ष्मी लाईफ’ कार्यक्रम तनहुँमा सम्पन्न
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण गर्ने सिलसिलामा तनहुँमा पनि कार्यक्रम सम्पन्न गरेको छ । तनहुँको सदरमुकाम दमौली स्थित दमौली कलेजमा आज सम्पन्न भएको ‘युवासंग महालक्ष्मी लाईफ’ बीमा जागरण कार्यक्रममा स्नातक तहका ९३ जना विद्यार्थीको सहभागिता रहेको थियो । 

कलेजका डाइरेक्टर महेन्द्र न्यौपानेको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा स्वागत मन्तव्य कम्पनीका एजेन्सी म्यानेजर तथा जागरण अभियानका केन्द्रिय सदस्य राजु ढकालले दिए । साथै, दमौलीका कार्यालय प्रमुख माधव न्यौपानेले सञ्चालन गरेका उक्त कार्यक्रममा सहभागि विद्यार्थीहरुलाई कम्पनीका अधिकृतहरु प्रशान्तराज धमला र अखिल धमलाले बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए । 

त्यस्तै, तनहुँभरि बीमा जागरण अभियानलाई प्रभावकारीताका साथ सञ्चालन गर्नका लागि प्राध्यापक तथा एजेन्सी म्यानेजर दयाराम कट्टेलको अध्यक्षतामा १५ सदस्यिय बीमा जागरण राष्ट्रिय अभियान तनहुँ जिल्ला कमिटि गठन भएको छ । 
 

प्रतिक्रिया दिनुहोस