aarthiknews.com शनिबार, ३० असोज २०७८   Saturday, 16 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

उल्लेख्य सरकारी खर्च हुँदा पनि घटेन तरलता अभाव, समस्या विकराल बन्न सक्ने व्यापारीको चिन्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ असोज २०७८
Citizen life
nabil bank
उल्लेख्य सरकारी खर्च हुँदा पनि घटेन तरलता अभाव, समस्या विकराल बन्न सक्ने व्यापारीको चिन्ता
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । संसदबाट बजेट पास भए लगत्तै सरकारले आक्रामक रूपमा खर्च गर्‍यो। तरपनि बजारमा तरलता अभाव भने घटेको छैन। नेपाल राष्ट्र बैंकले जारी गरेको २० अर्बको रुपैयाँको रिपोमा बैंक तथा वित्तीय संस्थाबाट भने ४८ अर्बको माग भएपछि यस्तो देखिएको हो। 

त्यसो त पछिल्ला दुई सातमा मात्र सरकारले एक खर्ब २५ अर्ब भन्दा बढी पैसा खर्च गरिसकेको छ। सो रकम बैंक तथा वित्तीय प्रणालीमा आइसक्दा समेत सहज अवस्था नबन्नुले यसअघि देखिएको तरलता सङ्कट कति धेरै र गहन थियो भन्ने बुझ्न सकिन्छ।    

राष्ट्र बैंकले परिपक्वता अवधि १४ दिन राखेर पछिल्लो रिपो वितरण गरेको छ । सो रिपोका लागि १४ वटा बैंक तथा वित्तीय संस्थाले बोलकबोल गरेका थिए । औसत ब्याजदर ४.९५ प्रतिशत कायम भएको सो रिपोको रकमप्राप्त भएपछि समेत बैंकहरुलाई ठुलो रकम अपुग नै रहेको देखिएको छ। 

बजारमा तरलता अभाव देखिन थालेपछि नै राष्ट्र बैंकले विगत केही सातादेखि लगातार रूपमा रिपो जारी गर्दै आएको छ। अघिल्लो साता जारी गरिएको ३० अर्ब रुपैयाँको रिपोको अवधि सकिएपछि रह्त्र बैंकले बुधवार २० अर्ब रुपैयाँ बजारमा पठाइएको हो । 

अहिले बैंकहरुलाई राष्ट्र बैंकबाट निर्देशित अनिवार्य नगद मौज्दात (सीआरआर) कायम गर्नकै लागि पनि राष्ट्र बैंकबाट नगद लिनुपर्ने भएको छ। त्यसका लागि अधिकांश बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट स्थायी तरलता सुविधा (एसएलआर) प्रयोग गरिरहेका छन् । रिपो भन्दा केही बढी अर्थात् ५ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकबाट लिन सकिने एसएलआर नै यस्ता सङ्कटको बेलामा बैंकहरुले विकल्पको प्रयोग गर्ने नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालले बताए। उनले भने,' एसएलआर लिएर सीआरआर मेन्टेन गर्ने हो। अब रेमिट्यान्स भित्रने र सरकारले गर्ने खर्च पनि बढ्ने हुँदा बिस्तारै तरलता अभाव हट्छ।' 

दाहालले भने झैँ बुधवार मात्र २० वटा बैंकले ४७ अर्ब ८५ करोड रुपैयाँ स्थायी तरलता सुविधा (एसएलएफ) सुविधा लिएका छन् । तर, अहिले भइरहेको झैँ आयातमा देखिएको वृद्धि नरोकिने हो भने अझै केहिसमयसम्म समस्या रहन सक्छ। त्यस बाहेक बैंक तथा वित्तीय संस्थाले गर्दै आएको आक्रामक लगानीलाई पनि केही समय घटाउनुपर्ने हुन्छ। नत्र सरकारी खर्च नहुँने र यदि रेमिट्यान्स समेत नबढ्ने हो भने यो सङ्कट कायम नै रहने देखिन्छ। 

यसैबिच तरलता र ब्याजदरमा परेको चापप्रति नेपाल सरकार र नेपाल राष्ट्र बैंकले चनाखो हुने हो भने यो समस्या तत्कालका लागि टर्ने नेपाल उद्योग परिसंघले जनाएको । बैंक तथा वित्तीय संस्था र उद्योगीहरूसँगको छलफलमा हाल बजारमा तरलताको चाप बढ्दै गए पनि यो समस्या दीर्घकालीन नभई तत्कालका लागि मात्र भएको उनीहरूले बताएका छन् । यो समस्या समाधान गर्न तत्काल केही कदम नचाल्ने हो भने समस्या विकराल हुनेमा सजग हुन परिसंघ सम्बद्ध सबै पक्षलाई संघले आग्रह गरेको छ ।  

बैंक तथा वित्तीय संस्थाहरूले हाल तरलताको चाप देखिनुको मुख्य विषय कर्जा स्रोत परिचालन अनुपात (सीसीडी) अनुपात हटाई कर्जा–निक्षेप (सिडी) अनुपात ९० प्रतिशत कायम गर्नुलाई मानेका छन् । चाडपर्वको समयमा नयाँ मुद्रा निकाल्ने प्रचलनले समेत तरलतामा चाप परेको छ । यस समस्याको समाधानका लागि नेपाल उद्योग परिसंघ कर्जा–निक्षेप अनुपात तत्काल ९० प्रतिशतमा कायम गर्दा उत्पन्न समस्यालाई आगामी पौष मसान्तसम्ममा ९५ प्रतिशत अनुपात कायम भए हुने तथा आगामी असार मसान्तभित्र क्रमशः ९० प्रतिशतसम्ममा ल्याउनु पर्ने गरी निर्देशन जारी हुन नेपाल राष्ट्र बैंकलाई परिसंघको आग्रह छ । 

त्यस्तै हाल सरकारी निक्षेपको ५० प्रतिशत मात्र कर्जा–निक्षेप अनुपातमा गणना गर्न पाइने व्यवस्थालाई शतप्रतिशत गणना गर्न पाउने व्यवस्था गर्दा ठुलो रकम लगानी योग्य हुने र विद्यमान तरलताको समस्या समेत कम हुने परिसंघको धारणा रहेको छ । हाल कायम रहेको विदेशी मुद्राको निक्षेप तथा कर्जालाई समेत कर्जा–निक्षेप अनुपातमा गणना गर्ने प्रावधानलाई हटाउँदा बजारमा थप तरलता आउने भएकोले सोही अनुसार नयाँ व्यवस्था गर्न परिसंघको माग रहेको छ । 

तरलताको चाप रहने आँकलन गरिएका आगामी दुई महिनाका लागि संस्थागत निक्षेपकर्ता तथा बैंक तथा वित्तीय संस्थाहरूलाई संयमता अपनाउन परिसंघको आग्रह छ । यस समयमा अधिक ब्याज पाउने नाममा छिटो छिटो निक्षेप नसार्न संस्थागत निक्षेपकर्ताहरूलाई परिसंघले आग्रह गरेको छ । छोटो अवधिको निक्षेप स्वीकार गर्दा ब्याजदर बढ्ने जोखिमप्रति बैंक तथा वित्तीय संस्थासमेत जिम्मेवार बन्नुपर्ने परिसंघको बुझाइ छ । 

 

प्रतिक्रिया दिनुहोस