aarthiknews.com मंगलबार, १४ मंसिर २०७८   Tuesday, 30 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

एनसेलको चाडपर्व योजनाः रिचार्जमा आकर्षक बोनस ब्यालेन्स वा डेटा पाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ असोज २०७८
Citizen life
nabil bank
एनसेलको चाडपर्व योजनाः रिचार्जमा आकर्षक बोनस ब्यालेन्स वा डेटा पाइने
Global IME
yamaha_MAW
LBF

काठमाडौं । एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले यसपालीको चाडपर्वलाई थपउमंगमयबनाउँदै विभिन्न योजनाहरु ल्याएको छ । चाडपर्वको अवसरमा एनसेलले पे एज यू गो (पेजी) डेटा शुल्कलाई घटाई प्रतिएमबी रु १ बनाएको छ र यसका साथै ग्राहकले अब रु ५० वा सो भन्दा बढिको हरेक रिचार्जमा बोनस स्वरुपब्यालेन्स वा डेटा पाउन सक्नेछन् ।

यो योजनासँगै एनसेलकाग्राहकले अब सुलभ दरमा कुनै पनिप्याकखरिद नगरी आफ्नो मेन ब्यालेन्सबाटै डेटा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकले ५० प्रतिशत छुटमा कर बाहेक रु १ प्रतिएमबीमा डेटा सेवाको फाइदा लिन सक्ने कम्पनीले बताएको छ  । 

दशैं, तिहार र छठको पावनअवसरमा ल्याइएको पेजीअन्तर्गत रु १ प्रतिएमबीअफर बुधवार (असोज २०) देखि लागु भएको छ भने रिचार्जमा बोनस योजना शुक्रबार (असोज २३) देखि लागु हुनेछ । यो योजना ९० दिनको लागि मान्य रहनेछ । 

रिचार्जमा बोनस योजनाअन्तर्गत, ग्राहकले रिचार्ज गरेको रकमको आधारमा बोनस ब्यालेन्स तथा डेटा प्राप्त गर्ने कम्पनीको दावी रहेको छ । रु ५० देखि रु९९ सम्म ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले ५ देखि १० प्रतिशतसम्मबोनस ब्यालेन्स वा ५० एमबी देखि २५० एमबीसम्म एक दिनको समयसिमा रहेको डेटा भोलुम प्राप्त गर्दछन् । 

त्यस्तैगरी रु १०० देखि रु १९९ सम्म ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले तीनदिनको समयसिमा रहेको ५ देखि १२ प्रतिशतसम्मबोनस ब्यालेन्स वा १५० एमबीदेखि ५०० एमबीसम्मको डेटा भोलुम प्राप्त कम्पनीले बताएको छ । रु २०० वा सो भन्दा बढि रिचार्ज गर्ने ग्राहकले ५ दिनको समयावधि रहेको ५ देखि १५प्रतिशतसम्मबोनस ब्यालेन्स वा ५०० एमबी देखि १५०० एमबीसम्म डेटा भोलुम पाउँने छन् ।

डेटा प्याकमार्फत डेटा प्रयोग सबैभन्दा राम्रो विकल्पभएतापनि पेएजयूगो अर्थात पेजीशुल्कमा छुटले ग्राहकमाझ मेन ब्यालेन्सबाट पनि सुलभ दरमा डेटा सेवा सुनिश्चित गरेको छ । चाडपर्वको अफर अन्तर्गत पेजीमा छुट र रिचार्जमा बोनस योजनाले ग्राहकलाई ठूलो महत्व राख्ने र उनीहरुलाई आफ्ना परिवारजन, साथीभाईसँग सम्पर्कमा रहिरहनथप मद्दत गर्ने विश्वास एनसेलले लिएको छ । 

एनसेलले बुधवार (असोज २०) चाडपर्वकै अवसरमा ग्राहकले आफ्ना परिवारजन, साथीभाई र आफन्तहरुले मलेसिया, यूनाइटेड अरब एमिरेट्स (यूएई) र साउदी अरबबाट गरेको कलमा कुरा गर्दा हरेक हप्ता २१ वटा स्मार्टफोन जित्ने मौका सहितको आकर्षक योजना पनि ल्याएको घोषणा गरेको थियो । यसका साथै विदेशमा रहेका परिवारजन वा साथीभाईबाट आफ्नो मोबाइलमा ब्यालेन्स रिचार्ज प्राप्त गर्ने ग्राहकले पनि हरेक हप्ता १ स्मार्टफोन पाउन सक्छन् । यो योजना बिहीबार (असोज २१) बाट पाँच हप्ता संचालनमा हुने कम्पनीले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस