aarthiknews.com शनिबार, ३० असोज २०७८   Saturday, 16 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

जुवातास खेलिरहेको अवस्थामा ३६ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ असोज २०७८
Citizen life
nabil bank
जुवातास खेलिरहेको अवस्थामा ३६ जना पक्राउ
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । काठमाडौं महानगरपालिका १३ बाफल बस्ने ४० वर्षीय रिजु श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं कोटेश्वर बस्ने मकवानपुर थाहा नगरपालिका ६ घर भएका ३८ वर्षीय कविन्द्र बलामी लगायत १९ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ८६ हजार ६५ रुपैयाँ, ३३ थान कौडा, ७ बुक तास, २८ थान मोबाईल र १ थान चेक बुक सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै, लमजुङको मध्यनेपाल नगरपालिका(२ सोतीपसल बस्ने धनवीर गुरुङको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३९ वर्षीय सूर्यलाल पौडेल लगायत ९ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सोतीपसल र ईलाका प्रहरी कार्यालय भोर्लेटारबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७६ हजार १ सय ८० रुपैयाँ र ४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

त्यसैगरि, कास्कीको पोखरा महानगरपालिका ८ सिमलचौर बस्ने २७ वर्षीया दिप्ती गुरुङको घरमा तास खेलिरहेको अवस्थामा गुरुङ लगायत ८ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ७ हजार ६ सय ४५ रुपैयाँ र २ सय ११ पत्ती तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस