aarthiknews.com शनिबार, ३० असोज २०७८   Saturday, 16 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

हिमालयन रिइन्स्योरेन्सले प्रथम साधारणसभा बोलायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २० असोज २०७८
Citizen life
nabil bank
हिमालयन रिइन्स्योरेन्सले प्रथम साधारणसभा बोलायो
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो प्रथम वार्षिक साधारण सभा आवहान गरेको छ ।  कम्पनीको प्रथम वार्षिक साधारण सभा कार्तिक १२ गते शुक्रबार, होटल अलफ्ट, ठमेल, काठमाण्डौंमा हुने भएको हो ।

कम्पनीको संचालक समितिका अध्यक्षबाट वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ । लेखा परीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा जोक्सान हिसाब नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरणहरु उपर छलफल गरी पारित गरिनेछ । त्यस्तै, स्वतन्त्र संचालकको नियुक्ति, संचालकको पारिश्रमिक, भत्ता तथा सुविधा लगायतका विभिन्न प्रस्तावहरू सभामा पेश हुने सूचनामा जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस