aarthiknews.com मंगलबार, १४ मंसिर २०७८   Tuesday, 30 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

एनआरएन अध्यक्षमा डा बद्री केसीको उम्मेदवारी, यस्तो छ घोषणापत्र

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ असोज २०७८
Citizen life
nabil bank
एनआरएन अध्यक्षमा डा बद्री केसीको उम्मेदवारी, यस्तो छ घोषणापत्र
Global IME
yamaha_MAW
LBF

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को अध्यक्ष पदका लागि डा बद्री केसीले उम्मेदवारी घोषणा गरेका छन । हाल एनआरएनएका उपाध्यक्ष रहेका डा केसीले मंगलबार पत्रकार सम्मेलन गरी आफ्नो प्यानलसहित उम्मेदवारी तथा निर्वाचन प्रतिबद्धता सार्जजनिक गरेका हुन । रसियामा बसोबास गर्नुहुने केसीले विभिन्न व्यवसायमा लगानी गरे । उनले यसअघि एनआरएनएको महासचिव, कोषाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारी निर्वाह गरिसकेका छन ।

सङ्घको १०औँ विश्व सम्मेलन आगामी अक्टोबरको २३ देखि २५ सम्म काठमाडौँमा हुँदैछ । निर्वाचन समितिले अनलाइन माध्यमबाट विश्वभरबाट एकसाथ मतदान गराउने तयारी गरेको छ । यसअघि अध्यक्षको प्रत्यासीका रूपमा कुल आचार्य र रविना थापाले पनि छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरिसकेका छन । यस पटकको एनआरएनए अध्यक्ष पदमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।

उम्मेदवारी घोषणा गर्दै केसीले आफू एनआरएनएलाई साझा नेतृत्वका रूपमा अघि बढाउन सबै पक्षलाई समेट्ने गरी उम्मेदवारी घोषणा गरेको बताए । निर्वाचनका सन्दर्भमा आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै अध्यक्षका प्रत्यासी केसीले संस्थागत सुदृढीकरणका साथै वैदेशिक रोजगारीलाई सुरक्षित बनाएर नेपालमा लगानीको वातावरण बनाउन लागिपर्ने बताए । पर्यटन प्रवद्र्धनका साथै एनआरएनए नेपाल डेभलपमेन्ट फण्ड अघि बढाउने र संस्थाको पुनर्संरचना गर्ने उनको प्रतिबद्धता छ ।

काठमाडौंको फर्पिङमा जन्मिएका केसीले सन् २००१ मा मस्को विश्वविद्यालयबाट टेक्नोलोजीमा पिएचडी गरेका छन् । उनले रसिया र नेपालका विभिन्न क्षेत्रमा लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस