aarthiknews.com मंगलबार, १४ मंसिर २०७८   Tuesday, 30 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

न्यादी हाइड्रोपावरको आईपीओमा आवेदन दिने मंगलवार अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ असोज २०७८
Citizen life
nabil bank
न्यादी हाइड्रोपावरको आईपीओमा आवेदन दिने मंगलवार अन्तिम दिन
Global IME
yamaha_MAW
LBF

काठमाडौं । असोज १५ गतेदेखि सार्वजनिक निष्कासनमा आएको न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने मंगलवार अन्तिम दिन रहेको छ । पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको यो आईपीओ छिटो अवधि असोज १९ गतेभित्र मात्र विक्रीमा रहने भएको हो । आइतवारसम्म १३ लाख ७९ हजार ६६५ जनाले १ करोड ७२ लाख ५२ हजार २४० कित्ता आईपीओ खरिदको लागि आवेदन परेको विक्री प्रबन्धकको भनाई छ । यो आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयसँगै मेरो शेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

कम्पनीले सर्वसाधारणमा २२ लाख ५० हजार कित्ता आईपीओ विक्री गर्न लागेको हो । कुल कित्तामध्य ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानीकोष र २ प्रतिशत दरको ४५ हजार कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरी बाँकी २० लाख ९२ हजार ५०० कित्ता सर्वसाधारणमा सार्वजनिक निष्कासनमा ल्याएको हो । 

कम्पनीले सर्वसाधारणमा आईपीओ विक्री गर्नु अघि भदौ १ गतेदेखि १५ गतेसम्म आयोजना प्रभावित स्थानियमा आईपीओ विक्री खुला गरी असोज ६ गते बाँडफाँट गरेको थियो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका कुल १८ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित स्थानिय बासिन्दा तथा संस्थापक शेयरधनीहरुलाई विक्री गरेको हो । कम्पनीले लमजुङग जिल्लामा ३० मेगावाट क्षमताको न्यादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनको निर्माण लागत अनुमानित  ६ अर्ब ११ करोड ७७ लाख ५५ हजार रुपैयाँ रहेको छ । 

हाल कम्पनीमा संस्थापक शेयरधनी समूहबाट चुक्ताभएको ७३ प्रतिशत स्वामित्व १ अर्ब ९ करोड ५० लाख रुपैयाँ रहेको छ । कम्पनीले संस्थापक शेयर धनी तथा कर्मचारी र स्थानिय सहित सर्वसाधारणमा २७ प्रतिशत शेयर विक्री गर्नेछ । सर्वसाधारणमा समेत शेयर जारी पश्चात कम्पनीको चुक्तापूँजी  १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ । आर्थिक वर्ष ०७७/७८ सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ ९१ दशमलव ९९ रहेको छ । यस अवधिसम्म कम्पनी  ८ करोड ७७ लाख ६४ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । 

प्रतिक्रिया दिनुहोस