नेप्सेमा १७ अंकको गिरावट, झर्यो ११३० को बिन्दुमा - Aarthiknews
aarthiknews.com सोमबार, ३० भदौ २०७६   Monday, 16 September, 2019
 
नेप्सेमा १७ अंकको गिरावट, झर्यो ११३० को बिन्दुमा

नेप्सेमा १७ अंकको गिरावट, झर्यो ११३० को बिन्दुमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १६ मंसिर २०७५
Sunrise bank
नेप्सेमा १७ अंकको गिरावट, झर्यो ११३० को बिन्दुमा
LBEF
NCH-IPS

काठमाडौं, मंसिर १६ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १७ दशमलव ७३ अंकले घटेर १ हजार १ सय ३० दशमलव ६३ को बिन्दुमा कारोबार बन्द भएको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने ३ दशमलव ८९ अंकले घटेर २ सय ४० दशमलव २६ अंकमा पुगेर बन्द भएको छ ।

यस दिन कुल १ सय ५६ कम्पनीको १४ लाख ४२ हजार १३८ कित्ता शेयर खरिदबिक्री हुँदा ४५ करोड ४६ लाख ९५ हजार ९९५ रुपैयाँको कारोबार भएको छ । कारोबारमा भने केहि सुधार हुदै आएको छ ।

यस दिन सबैभन्दा बढी कारोबार नेपाल बैंकको भएको छ । जसको आज ७ करोड १९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

त्यस्तै यस दिन जसमा सर्वाधिक कमाउनेमा विजय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ८ दशमलव ४९ प्रतिशतले बढेको छ ।

साथै सर्वाधिक गुमाउनेमा लुम्बिनी जनरल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स र आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा लगभग ८ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस