aarthiknews.com शुक्रबार, १२ असोज २०८०   Friday, 29 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

आइएमई जनरलको बोनश पारित, मर्जमा जाने बाटो खुला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ असार २०७६
himalayanlife
आइएमई जनरलको बोनश पारित, मर्जमा जाने बाटो खुला
DHI
NIBL


काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको २१औं वार्षिक साधारण सभा असार २९ गते सम्पन्न भएको छ । सभाले हालको चुक्तापूँजीको ५ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सो बोनश शेयरमा लाग्ने लाभकर सम्बन्धित शेयरधनीले नै व्यहोर्नु पर्ने छ ।  साथै, निर्जीवन बिमा व्यवसाय गर्ने अन्य कुनै उपयुक्त कम्पनीसंग गाभिने वा प्राप्ती गर्ने सम्बन्धी सम्पूर्ण अधिकार सञ्चालक समितीलाई प्रदान गरेको छ ।

नियमाक निकायबाट निर्जीवन बीमा कम्पनी गाभ्न,े गाभिने तथा प्राप्ति गर्ने सम्पूर्ण अधिकार संचालक समितिलाई प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको  छ । कम्पनीले गत आ.ब.मा १ अरब ७७ लाख बीमा शुल्क आर्जन गरी गरि १५ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकोमा चालु आ.ब.को हालसम्म गरिब १ अरब २१ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको पनि सभालाई जानकारी गराएका थिए  ।

 काठमाडौंमा आयोजित सो सभाले आर्थिक वर्ष २०७५÷०७६ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति गर्नका साथै निजको पारिश्रमिक समेत निर्धारण गरेको छ । अध्यक्ष हेम राज ढकालले नेपाली बीमा बजारमा छुटृै पहिचान स्थपित गर्न विगत ४ बर्षमा नयां नयां बीमालेख ल्याएर जानकारी दिएका थिए ।

 देशको सात वटै प्रदेशमा विस्तार गरी ४८ वटा शाखा १९ वटा सेवा काउण्टर गरी ६७ स्थानबाट सेवा दिइरहेको उनले बताए ।  हाल कम्पनीको चुक्तापूँजी  ९७ करोड २० लाख रुपैयाँ रहेको छ । बोनश वितरण पश्चात कम्पनीको सो चुक्तापूँजी  १ अर्ब २ करोड रुपैयाँ पुग्नेछ ।
 

प्रतिक्रिया दिनुहोस