aarthiknews.com मंगलबार, १४ मंसिर २०७८   Tuesday, 30 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

पहिलो दिन ३ लाख ९० हजारभन्दा बढीले भरे न्यादी हाइड्रोपावरको आईपीओ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १५ असोज २०७८
Citizen life
nabil bank
पहिलो दिन ३ लाख ९० हजारभन्दा बढीले भरे न्यादी हाइड्रोपावरको आईपीओ
Global IME
yamaha_MAW
LBF

काठमाडौं । बिक्री खुला गरेको पहिलो दिनमै न्यादी हाइड्रोपावरको आईपीओमा ५० लाख ७१ हजार ६४० कित्ताको लागि आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार शुक्रबार दिउँसो पौने ४ बजेसम्ममा ३ लाख ९० हजार ३७५ जना आवेदकबाट ५० करोड ७१ लाख ६४ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । 

न्यादी हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा  २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) निष्काशनमा ल्याएको हो ।

कम्पनीले निष्काशन गर्ने साधारण सेयरमध्ये पाँच प्रतिशत अर्थात् एक लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको र दुई प्रतिशत अर्थात् ४५ हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आज बैंकिङ समयदेखि आवेदन दिन पाउनेछन् ।  

निष्काशन गरेका सेयरमा सर्वसाधारणले यही असोज १९ गतेसम्म न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । सो अवधिसम्म माग गरिएबमोजिम आवेदन नआए असोज ३१ सम्म निष्काशन खुला हुने विवरणपत्रमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस