aarthiknews.com शुक्रबार, १२ असोज २०८०   Friday, 29 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

आइएमई जनरल इन्स्योरेन्सको बोनस शेयर पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ असार २०७६
himalayanlife
आइएमई जनरल इन्स्योरेन्सको बोनस शेयर पारित
DHI
NIBL

कम्पनीले आफना शेयरधनीहरुलाई चुक्ता पूंजीको ५ प्रतिशतले बोनस शेयर प्रदान गर्ने भएको छ । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २१औं बार्षिक साधारण सभाले उक्त प्रस्ताब पारित गरेको हो । 

यो सँगै कम्पनीको चुक्त पूंजी १ अर्ब २ करोड ६ लाख पुगेको छ । नियमाक निकायबाट निर्जीवन बीमा कम्पनी गाभ्न,े गाभिने तथा प्राप्ति गर्ने सम्बन्धि निर्देशिका जारी भएको परिप्रेक्षमा कम्पनीको दायरा तथा क्षमता वृद्धि गर्ने हेतुले सभा समक्ष पेश गरिएको गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धि सम्पूर्ण अधिकार संचालक समितिलाई प्रदान गरेको छ । 

२१र्औ साधारण सभाले अख्तियारी संचालक समितिलाई प्रदान गरेबाट कम्पनीले आगामी दिनमा उपयुक्त कम्पनीसंग गाम्ने, गाभिने तथा प्राप्ति गर्न सक्ने बाटो खुलेको छ ।
 
आइतबार लैनचौर बैङ्क्वेट्स, लैनचौर, काठमाण्डौंमा सम्पन्न भएको सभामा सम्पूर्ण शेयरधनीहरुलाईस्वागत गर्दै अध्यक्ष हेम राज ढकालले नेपाली बीमा बजारमा छुटृै पहिचान स्थपित गर्न विगत ४ बर्षमा हामीले नयां नयां बीमालेख लगायत आफनो सेवालाई देशको सात वटै प्रदेशमा विस्तार गरी ४८ वटा शाखा १९ वटा सेवा काउण्टर गरी ६७ स्थानबाट सहज सेवा प्रदान गर्दै आईरहेको जानकारी दिए ।

देशको आर्थिक विकासमा बीमाको ठूलो योगदान रहेको र बीमाले आर्थिक तथा वित्तीय सुरक्षा प्रदान गर्दछ भन्ने चेतनाको विकास समाजका हरेक तह र तप्कामा गराउन सकिएमा नेपाली बीमा बजार अझै फराकिलो हुनेछ र बीमाको दायरमा वृद्धि भई व्यावसाय र मुनाफामा वृद्धि हुने धारणा व्यक्त गरे ।

पछिल्लो समय बीमा सेवामा देखिएको प्रतिष्पर्धा, ग्राहकमुखी सेवा, सेवामा विविधता, सेवाको पहुंच विस्तार आदीले बीमा व्यावसाय वृद्धि, नाफामा वृद्धिभएबाट पूंजीबजारमा समेत ठूलो हिस्सा बीमा क्षेत्रले ओगट्न सफल भएको छ । 

बीमा क्षेत्रको दिगो विकासको लागि गुणस्तरीय सेवा, बीमाको नयां नयां क्षेत्र पहिल्याई आम नागरिकलाई सहज सेवा प्रदान गर्ने हेतुले आगामी बर्षमा अझै नविनतम सेवाहरु सहित ग्राहकमुखी भएर सन्तुष्ठ ग्राहकहरुको संख्यामा वृद्धि गरी अगाडी बढ्ने लक्ष्य कम्पनीले लिएको जानकारी सभालाइ गराएको थियो ।


कम्पनीले गत आ.ब.मा १ अर्ब ७७ लाख बीमा शुल्क आर्जन गरी गरि १५ करोड ९८ लाख खुद नाफा आर्जन गर्न सफल भएकोमा चालु आ.ब.को हालसम्म गरिब १ अरब २१ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको पनि सभालाई जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस