aarthiknews.com आइतबार, १२ मंसिर २०७८   Sunday, 28 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

सामसुङ मोबाइल अब बैंक अफ काठमाण्डूको सरल किस्ताबन्दी किन्न सकिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १३ असोज २०७८
Citizen life
nabil bank
सामसुङ मोबाइल अब बैंक अफ काठमाण्डूको सरल किस्ताबन्दी किन्न सकिने
Global IME
yamaha_MAW
LBF

काठमाडौं । नेपालीहरुको आउदैं गरेको चाडपर्वहरु दशैं, तिहार, नेपाल संवत् तथा छठलाई लक्षित गरी बैंक अफ काठमाण्डू लिमिटेडको क्रेडिट कार्ड बाहक महानुभावहरुले शुन्य प्रतिशत ब्याजदरको सुबिधामा सामसुङ कम्पनीको Smartphone, Smart Watch तथा Tablets हरु सरल किस्ताबन्दीमा खरिद गर्न सक्ने बैंकले जनाएको छ ।

 पर्वको बहार, BOK को उपहार भन्ने मुलनाराको साथ ल्याएको यस सरल किस्ताबन्दी योजनामा क्रेडिट कार्डबाहक महानुभावहरुले सजिलो संग सामसुङ ब्राण्डकाSmartphone, Smart Watch तथा Tabletsहरु बैंकको क्रेडिट कार्ड प्रयोग गरी किस्ताबन्दी योजनामा खरिद गर्न सक्नुहुनेछ ।

बैंक र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेता आईएमएस नेपालबीच बैंक क्रेडिट कार्डबाहकलाई सामसुङको Smartphone, Smart Watch तथा Tablets हरु सरल किस्ताबन्दीमा उपलब्ध गराउने सम्झौता भएको हो ।

यस योजनाको लागि ग्राहक महानुभावहरुले बैंकको क्रेडिट कार्ड लिनको लागि अनलाइनको माध्यमबाट पनि आवेदन दिन सकिने छ  । यस सरल किस्ताबन्दी योजनामा ग्राहकहरुले शुन्य प्रतिशत ब्याजदरकोे सुबिधा, बिओके क्रेडिट कार्ड जारी गर्दा कुनै शुल्क नलाग्ने, कुनै अतिरिक्त सेवा शुल्क नलाग्ने आदि जस्ता सुबिधाहरु पाउनुहुनेछ ।
 
नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेता आईएमएस नेपाल काठमाण्डौंमा ६ स्थान सहित पोखरा, बुटवल तथा धनगढीमा गरी नेपालभर ९ वटा आधिकारिक शोरुमहरु रहेको छ । बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । 

प्रतिक्रिया दिनुहोस