aarthiknews.com मंगलबार, १४ मंसिर २०७८   Tuesday, 30 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

सोमवारदेखि सर्वसाधारणमा आईपीओ जारी गर्दै बुद्धभुमि नेपाल हाइड्रोपावर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० असोज २०७८
Citizen life
nabil bank
सोमवारदेखि सर्वसाधारणमा आईपीओ जारी गर्दै बुद्धभुमि नेपाल हाइड्रोपावर
Global IME
yamaha_MAW
LBF

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले असोज ११ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारण्मा कुल रू. ८ करोड बराबरको ८ लाख कित्ता आईपीओ जारी गर्ने भएको हो । कुल कित्तामध्य २ प्रतिशत दरको १६ हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको ४० हजार कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो । 

यो शेयर छिटोमा असोज १४ गतेसम्म विक्रीमा रहनेछ । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा असोज २५ गतेसम्म विक्री खुला गरिने जानकारी कम्पनीले दिएको छ । कम्पनीको आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । आईपीओ विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै धितोपत्र बोर्डबाट आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । 

कम्पनीको यो आईपीओलाई इक्रा नेपालले वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने इक्राएनपी आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्नुअघि आयोजना प्रभावित नुवाकोट जिल्लाका स्थानियका लागि गत साउन ३२ गतेदेखि भदौ १५ गतेसम्म आईपीओ विक्री गरी भदौ ३१ गते बाँडफाँट गरेको थियो । 

कम्पनीले स्थानिय सहित सर्वसाधारणमा प्रतिशेयर रू. १०० अंकित मूल्यको १२ लाख कित्ता साधारण शेयर निष्कासनका लागि अनुमति पाएकोमा पहिलो चरणमा ४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुमा बाँडफाँट गरेको हो । कम्पनीले नुवाकोट जिल्लामा तल्लो तोदी खोलाको पानीबाट ४ दशमलव ९९३ मेगाबाट क्षमताको तल्लो तोदी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजना निर्माणको कुल लागत रू. १ अर्ब १९ करोड रहेको छ । कम्पनीको आर्थिक वर्ष २०७७/७८ को अपस्किृत वित्तिय विवरण अनुसार प्रतिशेयर आम्दानी रू. १२ दशमलव ५६ ऋणात्मक र प्रतिशेयर नेटवर्थ रू. ७१ दशमलव ४९ रहेको छ । उक्त अवधिसम्म कम्पनीले रू. ३ करोड ६८ लाख ३२ हजार खुद नोक्सानी व्यहोरेको छ ।


 

प्रतिक्रिया दिनुहोस