aarthiknews.com विहीबार, ०४ कार्तिक २०७८   Thursday, 21 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

चोरीका ६१ थान मोबाइल सहित २ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०९ असोज २०७८
Citizen life
nabil bank
चोरीका ६१ थान मोबाइल सहित २ जना पक्राउ
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । चोरी पैठारी गरी ल्याएको विभिन्न कम्पनीका ६१ थान मोबाइल सहित २ जनालाई काठमाडौं बल्खुबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं शंखमुल बस्ने महोत्तरी बर्दिबास नगरपालिका-१४ बस्ने २१ वर्षीय आकाश कार्की र काठमाडौं महानगरपालिका-३१ जडिबुटी बस्ने महोत्तरी बर्दिबास नगरपालिका-१४ बस्ने २१ वर्षीय अमित कुमार महत्तो रहेका छन् । 

भारतबाट मोबाइल लगायतका सरसामानहरु भन्सार छली चोरी पैठारी गरी ल्याई कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उक्त कारोबारमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय गौचरण काठमाडौंमा पठाइएको उक्त महाशाखाले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस